एजेन्सी– बलिउड नायिका मलाइका अरोरा आफ्नो पहिरनका कारण सधैँ चर्चामा हुन्छिन्। उनलाई कहिलेकाहीँ त्यही पहिरनले ट्रोलको शिकार बनाउँछ।
उनी यस पटक पनि ट्रोलको शिकार भएकी छन्। तर दर्शकबाट होइन। उनका प्रेमी अर्जुन कपूरका काका अभिनेता संजय कपूरबाट।
मलाइकाले आफ्नो तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै ‘सटर्डे ब्लूज्’ क्याप्सन लेखेकी थिइन्। संजयले उक्त तस्बिरमा ‘बालीको समुद्र त्यति पनि निलो छैन’ भनेर कमेन्ट गरेका छन्।
एकातिर संजय मलाइकालाई ट्रोल गरिरहेका छन् भने अर्कातिर अर्जुन कपूर कैट्रिना कैफलाई ट्रोल गरिरहेका छन्। तर मलाइका र संजयबीच यो कुनै गम्भीर कमेन्ट भने हाेइन।
मलाइका र अर्जुनको प्रेम सम्बन्धको चर्चा अब सामान्य भइसकेकाे छ। अर्जुनले एक अन्तर्वार्तामा भनेका थिए, ‘यस्ता कुराले मलाई केही फरक पर्दैन र मलाई कुनै पुष्टि पनि गर्नु छैन।’



