नेपाली काँग्रेसले झापामा अहिलेसम्मकै ठूलो शक्ति प्रदर्शन गर्ने भएको छ । निर्वाचनलाइ लक्षित गरेर काँग्रेसले प्रदेश स्तरीय बृहत आमसभा कमलगाँउपालिकामा पर्ने साविक लखनपुरको आदिबासी रंगशालामा एकलाख कार्यकर्ता उतार्ने तयारी शुरु गरेको हो । आउदो बैशाख ५ गते हुने आमसभामा एकनम्बर प्रदेशका सबै जिल्लाबाट काँग्ेस कार्यकर्ताहरुको सहभागिता रहने नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाले बताएकाछन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा, काँग्रेस नेता रामचन्द्र पौडयाल, शशाक कोइराला, कृष्ण सिटौला लगायतका शिर्षस्थ नेताहरुले कार्यक्रममा सम्बोधन गर्ने बताईएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि संयोजकको जिम्मेवारी जिल्लाले दीलबहादुर बुढाथोकीलाइ प्रदान गरेको छ । यसको सदस्यहरुमा बिक्रम अधिकारी, राजेन्द्र भण्डारी र घनेन्द्र सुब्बा रहेकाछन् ।
कार्यक्रमलाइ भब्यताका साथ सम्पन्न गर्ने बिषयमा सोमबार झापाको दमकमा छलफल समेत भएको नेपाली काँग्रेस दमकका सहसचिब दीपेश दाहालले बताएकाछन् । उनका अनुसार यस छलफलले बिभिन्न उपसमितिहरु समेत निर्माण गरेको छ । काँग्रेसका क्षेत्रिय कमिटी सदस्य धर्मानन्द भट्टराइका अनुसार झापामा हुने यो कार्यक्रमलाइ ब्यवस्थित गर्नका लागि जन परिचालन शुरु भइसकेको छ । यसमा जनसागर उत्रने उनले बताए ।
कार्यक्रम प्रचार समितिका संयोजक मुकुन्द उप्रेतीका अनुसार कार्यक्रममा बिभिन्न जातजातिका सास्कृतिक तथा परम्परागत नृत्यहरु समेत समावेश गरिनेछ ।



