अमेरिका । अमेरिकाको केन्टकी राज्यमा बस्ने प्रतिभाशाली ८ वर्षिया बालिका प्रज्ना पाठकले जन्मदिनको अवसरमा मार्मिक गीत “फर्कि आऊ “को लिरिकल भिडियो सार्बजनिक गरेकी छिन्। चर्चित गायक/संगीतकार स्वरूपराज आचार्यको संगीत र मणि भट्टराईको शब्द रहेको उक्त मार्मिक गीतमा बिदेशिएका बाबासँगै सँधै हाँस्न, खेल्न, रमाउन पाए कस्तो हुन्थ्यो होला भन्ने एउटी अबोध बालिकाको मनको चाहनालाई व्यक्त गरिएको छ।। देशको चरम बेरोजगारीको कारण कलिला छोराछोरीहरूलाई आफ्नो जन्मभूमि छोडेर बिदेशी भूमिमा आफ्नो रगत, पसिना बगाउन बाध्य लाखौं लाख बुबाहरुलाई घर फर्कि आउन एउटी अबोध छोरीले गरेको अनुरोधलाई गीतमा समेटिएको छ ।उक्त गीत गायिका पाठकको युट्युब च्यानलबाट सार्बजनिक भएको छ। उक्त गीत https://www.youtube.com/watch?v=MTm9eIg-TaE मा हेर्न सकिने छ।

अंग्रेजी गीतहरु पनि निकै राम्रो गाउने प्रज्नाले विभिन्न कार्यक्रमहरुमा समेत प्रस्तुति दिने गर्छिन्। प्रज्नाले ६ बर्षको उमेरमा “द न्यु गर्ल इन टाउन” नामक बाल पुस्तक पनि प्रकाशित गरेकी थिइन्। उक्त पुस्तक प्रकाशनबाट संकलित २५०० डलर उनले बाल अस्पताल सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटललाई समेत प्रदान गरेकी थिइन्। गायिका पाठकका पिता मुर्रे स्टेट युनिभर्सिटीका प्रोफेसर डा मनोज पाठक प्रज्ना चार बर्षको उमेर देखिनै गीत, संगीत ,लेखन र चित्रकलमामा लागि परेको बताउछन्।

https://www.youtube.com/watch?v=MTm9eIg-TaE

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah