नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक प्रकाश अर्यालले बोलाएको प्रहरी समन्वय समिति (पीसीसी)को बैठकमा डीआईजी नवराज सिलवाल अनुपस्थित भएका छन् । अर्यालको स्वागतमा प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम गरिएको थियो । जहाँ अर्याललाई सलामी दिइएको थियो भने निमित्त आईजीपीको भूमिका सम्हालेका एआईजी डा. दिनेशचन्द्र पोखरेलले जुनियर प्रहरी अधिकारीको सेवा सुविधामा ध्यान दिन आग्रह गरे । महानिरीक्षक अर्यालले सरकारले आफूलाई दिएको जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

लगतै अर्यालले महानिरीक्षकका रुपमा पीसीसीको पहिलो बैठक बोलाए, जसमा सरकारले आईजीपीमा बढुवा गरेर पनि फुली लगाउन नपाएका डीआईजी जयबहादुर चन्द सहभागी भएका छन् । तर, सिलवाल भने पीसीसी मिटिङ छाडेर सरकारको निर्णयविरुद्ध अदालत पुगेका छन् । बैठकमा प्रहरी महानिरीक्षक अर्यालले इमान्दारितापूर्वक काम गर्न सबैलाई निर्देशन दिएका छन् ।

सरकारले सोमबार मात्र अर्याललाई आईजीपी नियुक्त गरेको थियो । साथै मध्यरातमा नै फुली लगाउनुका साथै पदभार सम्हालेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah