पर्सा, २९ चैत । वीरगन्जको आदर्शनगरस्थित स्टिल उद्योगमा आगलागी हुँदा करोडौँको क्षति पुगेको छ ।

वीरगन्ज उपमहानगरपालिकाको वडा नं १० आदर्शनगरस्थित शिवम् स्टिल उद्योग प्रालिमा आज अपराह्न आगलागी हुँदा करोडौँको धनमाल जलेर नष्ट भएको हो ।

अपराह्न ३ः३० बजेबाट सुरु भएको आगलागी बेलुका ६ः३० बजेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आगलागीलाई वीरगन्ज उपमहानगरपालिको बारुणयन्त्रबाट नियन्त्रण हुन नसकेपछि बाराको सिमरा, कलैया, चन्द्रनिगाहपुर, मकवानपुर समेतबाट बारुणयन्त्र वीरगन्ज बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

आगलागीमा परी भएको क्षतिको यकीन विवरण आउन नसके पनि करोडौँको नोक्सान भएको प्रहरीले अनुमान गरेको छ । आगलागीमा परी कम्तीमा सात÷आठ करोडको नोक्सान भएको उद्योगका सञ्चालक राजकुमार गुप्ताले दाबी गर्नुभयो । उहाँले एक÷दुई दिन अगाडि भारतबाट उद्योगका लागि रु चार करोडको कच्चापदार्थ र तयारी भाडा आयात गरिएको जानकारी दिनुभयो ।

उद्योगमा लागेको आगोलाई नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah