पोखरा, २९ चैत । नेपाली काँग्रेसले भोलि (बुधबार) पोखरामा प्रदेश नं ४ स्तरीय निर्वाचन केन्द्रित सभा गर्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको आयोजनामा हुने सभालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, समितिका संयोजक एवम् वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, युवा नेता गगन थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभालाई लक्षित गरी सबै किसिमका तयारी सम्पन्न भएको नेपाली काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले जानकारी दिनुभयो ।

सभालाई भव्य र सभ्य बनाउन पार्टीका जिल्ला समितिअन्तर्गतका सबै समिति, भ्रातृ तथा शुभेच्छुक सङ्घलाई परिचालन गरिएको र आज बिहान पोखरामा मोटरसाइकल ¥यालीसमेत आयोजना गरिएको उहाँले बताउनुभयो ।

पोखराको अमरसिंह चोकबाट सुरु ¥याली पृथ्वीचोक, विरौटा, सहिदचोक, लेकसाइड, हल्लन चोक, जिरो किमी, सभागृह चोक, न्यूरोड हुँदै मानवअधिकार चोकमा गएर सम्पन्न भएको थियो ।

काँग्रेसले विभिन्न प्रदेशमा सभा गर्ने क्रममा यसअघि धनगढी, तुलसीपुर, भैरहवामा सभा गरिसकेको छ भने बाँकी अन्य तीन प्रदेशमा पनि सभा गर्ने तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah