काठमाडौँ । आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ फेरि उकालो लागेको छ । मंगलबार र बुधबार स्थिर रहेको सुनको भाउ ८ सय रुपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला ७३ हजार ४ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ७३ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार र बुधबार प्रतितोला छापावाल सुन ७२ हजार ६ सय तथा तेजावी सुन ७२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउसँगै आज चाँदीको भाउ पनि ह्वात्तै बढेको छ । आज चाँदीको भाउ प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाली बजारमा चाँदीको भाउ सबैभन्दा उच्च हो ।

हिजो (बुधबार) चाँदी ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो । विश्व बजारमा सुन-चाँदीको भाउ उच्च रहेको र डलरको भाउ पनि बढेका कारण नेपालमा निरन्तर रुपमा सुन-चाँदीको भाउ बढेको महासंघले जनाएको छ।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah