दमक उद्योग बाणिज्य संघले अपाङ्गता भएका ब्यवसायिहरु तथा ब्यवसाय गर्न चाहानेहरुका लागि सहुलियत सहितको कार्यक्रमहरु बनाउन थालेकोछ । संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार संघले पहिलो चरणमा अपाङ्गता भएकाहरुलाइ दर्ता र सिफारीसमा आधा छूट दिने निर्णय भएको छ ।
अपाङ्गता भएकाहरुलाइ ब्यपारमा प्रोत्साहन गरेर आत्मनिर्भर बनाउनका लागि बाणिज्य सघले बिभिन्न तालिम तथा सीप सिकाउने र ब्यापारका लागि सहजिकरण पनि गर्ने ढकालले जनाउनु भयो । उहाँका अनुसार अपाङ्गता भएका सबैले नयाँ बर्षसंगै सिफारीस, दर्ता लगायतका बाणिज्य संघले प्रदान गर्ने सबै सेवामा आधा छूट पाउनु हुनेछ । पछिल्लो समयमा दमकमा अपाङ्गता भएकाहरु ब्यापारमा आउने क्रम बढ्दै गएको छ ।
पहिलो चरणमा अपाङ्गता भएकालाइ र त्यसपछि महिला तथा पछाडि परेका समुदायलाइ पनि ब्यवसायमा ल्याउनका लागि प्रेरणा दिन अन्य कार्यक्रमहरु ल्याउन लागिएको बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले बताउनु भयो । खतिवडाका अनुसार अपाङ्गता भएका तथा पछाडि परेका समुदायलाइ ब्यापार गर्न प्रोत्साहनका लागि स्थानीय तहसंग सहकार्य गरेर अघि बढ्ने योजना रहेको छ ।
द्धितिय उपाध्यक्ष यूवराज घिमिरेका अनुसार सघले बिभिन्न कार्यक्रमहरुलाइ समेत तिब्रता दिएको छ । केहि दिन अघि दमकका महिला ब्यवसायिहरुलाइ लक्षित गरेर एकसाता लामा उद्घोषण तथा ब्यापार कलाको बिषयमा तालिम समेत प्रदान गरिएको छ ।



