एजेन्सी- बलिउड गायिका नेहा कक्कडको अभिनेता हिमांश कोहलीसँग ब्रेकअप भइसकेको छ । दुवै करीब चार वर्ष प्रेमसम्बन्धमा रहे । ब्रेकअप भएपछि नेहा डिप्रेशनको सिकार समेत भइन् । रियालिटी शो र इन्टाग्रामका पोस्टले पनि नेहाको अवस्था देखाएको थियो । तर अहिले नेहाको जिन्दगीमा नयाँ प्रेमीको इन्ट्री भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार नेहा कक्कड इन्डियन आइडलका प्रतियोगी विभोर पाराशरसँग डेट गरिरहेकी छन् । नेहाले इन्डियन आइडल १० का जज गरेकी थिइन् । यसै शोका प्रतियोगी विभोर पाराशरसँग नेहाको नाम जोडिएको छ ।

नेहाले इन्डियन आइडलको १० औं संस्करणको प्रतियोगी विभोर र कुशाल पण्डितसँग शहरका केही स्थानमा भ्रमण समेत गरिन् । तर मिडियामा चलिरहेको अफेयरको खबरले विभोर भने निराश छन् ।

बलिउड लाइफसँग कुरा गर्दै विभोरले भने, ‘तपाईंले यसलाई अफवाहको रूपमा लिनुपर्छ । मानिसहरूको मानसिकता घटिया छ । यदि कसैले तपाईंलाई करिअर बनाउन मदत गरिरहेको छ भने उसले तपाईंभित्र ट्यालेन्ट देखेको हुन्छ । मैले इन्टाग्राममा उनलाई दिदी भन्दिनँ, त्यसैले मानिसहरूले सोचिरहेका छन् कि उनी मेरो गर्लफ्रेन्ड हुन् ।’

नेहालाई आफ्नो प्रेरणा बताउँदै विभोरले भने, ‘म विभोर पाराशर हुँ तो उनको कारणले हुँ । म उनलाई इज्जत गर्छु । मलाई मानिसहरूले उनकै कारणले चिन्छन् । यसैकारण म अफवाहमाथि बोल्न मन पनि पराउँदिनँ । मेरो दिमाग खराब हुन्छ यी कुराहरू सुनेर ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah