चुनाव नजिकिदै गर्दा एमाले प्रबेशको लहर बढ्दै गएको छ । बुधबार (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसहित विभिन्न दलका पचासभन्दा बढी नेता एवम् कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बुधबार भएको विशेष कार्यक्रममा केन्द्रका केन्द्रीय सदस्य श्रीप्रसाद पासवान एमालेमा प्रवेश गरेका हुन् । पार्टीका कार्यबाहक अध्यक्ष बामदेव गौतमले पासवानलाई एमालेमा स्वागत गरे ।
त्यस्तै राप्रपाका काठमाडौं क्षेत्र नं. ७ का पूर्व क्षेत्रीय सभापति तथा अघिल्ला संसदीय निर्वाचनमा राप्रपाका उम्मेदवार शम्भु लामा तामाङ, नेकपा (मसाल)मा आवद्ध एवम् प्रध्यापक नेता श्रीकृष्ण न्यौपाने, राजकुमार लामा पनि एमालेमा प्रवेश गरेका छन् । त्यस्तै शिवराम कारञ्जित, सुमना ताम्राकार, रामबहादुर श्रेष्ठ, सञ्जे वि.क., अनिल भण्डारी, मोहनकुमार श्रेष्ठ, विमल दियाल, मोहनकृष्ण श्रेष्ठ, सकिना रञ्जितकार, अञ्जली श्रेष्ठ, रविन्द्र भण्डारी, सन्दीप वि.क., दीपन शेर्पा, हिमाल राई लगायतका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको पार्टीद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।



