काठमाडौ – त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म ‘लभ यु हमेशा’को शीर्ष गीत सार्वजनिक गरिएको छ । कार्तिक २२ गतेलाई प्रदर्शन मिति तोकेको फिल्मले प्रचार प्रसारलाई तिव्रता दिन यो गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा अभिनेता यशराज गरच र नवअभिनेत्री फिजा योन्जनको अभिनय छ । फिलिपिन्सको समुन्टी तटमा खिचिएको गीतमा प्रताप दास र श्रेया सोताङले स्वर दिएका छन् । भासुको शब्द र संगीत रहेको गीतको भिडियोमा कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् ।

धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङको निर्माण र मिलन गुरुङ सहनिर्माता रहेको फिल्म भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा खिचिएको हो ।

फिल्ममा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

शिब ढकालले खिचेको फिल्मको गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र एनबी महर्जनको द्धन्द्ध निर्देशन छ । फिल्म रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले बितरण गर्न लागेका हुन् ।

फिल्मका लेखक तथा निर्देशक भाष्कर प्रधान रहेका छन् ।

https://youtu.be/XTR8mXcguhA

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah