शेयर बजारमा संकट आएर आपुर्ति बढी माग पक्ष कमजोर बनेको बेला मेरोलगानी डटकमले शेयरको माग पक्षलाई कसरी बलियो बनाउँन सकिन्छ भन्ने बारेमा केही विश्लेषक र बिज्ञहरुसँग कुराकानी गरेको छ । प्रस्तुत छ त्यही कुराकानीकोे सार संक्षेप

अनल राज भट्टराई, पूर्व बैंकर

नेपालीहरुले कि त बैंकमा,कि घर जग्गामा, कि त सुनमा लगानी गर्न पर्यो होईन भने उत्पादन र उत्पादन क्षेत्रसँग सम्बन्धीत भएको शेयर बजारमा लगानी गर्न पर्यो । अर्थतन्त्रलाई विकाश तर्फ लैजाने उत्पादन क्षेत्र र पूँजी बजार नै हो । यसमा पूँजी बजारमा सप्लाई र डिमान्ड भन्दा पनि धेरै नकारात्मक कुराहरुले प्रभाव पारेको देखिन्छ ।

पहिलो पूँजीगत लाभकारको विषयले दुई वर्ष देखि लगानीकर्तामा अन्योलको वातावरण र्सिजना गर्यो र भारित औसत गणना विधि एक प्रकारको प्रयोगात्मक परिक्षा जस्तो धेरै दिन ग¥यौ ।

यस्तो समस्यालाई समाधान गर्न कस्तो किसिमको निचोड निकाल्न सकिन्छ भने तर्फ नलागेर नियमन गर्न पर्ने निकायहरुले नै एकले अर्कोलाई दायित्व पन्छाउने तर्फ लाग्दा बजारमा असर परेको हो ।

बैंक तथा वित्तीय क्षेत्रको पूँजी वृद्धिसँगै बोनस र हकप्रद पाउने आशाले शेयर बजार माथि गएको थियो । कतिपयले ऋण लिएर पूँजी थप गरे उक्त ऋण तिर्न लगानीकर्ताले शेयर बिक्री गर्दा सप्लाई बढे जस्तो देखिएको हो ।

शेयर बजारमा डिमान्ड बढाउन सबैको पहुँचमा शेयर बजार पुग्नु प¥यो । लगानीकर्ताको संख्या बढाउनु प¥यो । बजारलाई व्यवस्थित गराउनु प¥यो भन्ने कुराले चाहि बैंकका सहायका कम्पनीलाई ब्रोकर लाईसेन्स दिन भने र नेपाल सरकारले बिभिन्न निकायमार्फत अध्ययन गरी कार्य थालनी ग¥यो । फेरी संघिय अर्थ समितिले अध्ययन गर्न बाँकी छ भनेर रोकिएको छ । भने पछि हामी काहाँ सबैं क्षेत्रबाट बजारमा धेरै हस्तक्षेप हुने गरेकाले पनि लगानीकर्ताको मानोवलमा कमि आएको हो ।

नेपाल सरकारले र नियामक निकाय चुप लागेर, ध्यान नदिने, सबै हेर्ने हो भने सप्लाई दोष देखाउने काम मात्र भएको हो । सप्लाईलाई दोष देखाए पछि अरु केही दोषि हुदैन् र दोष एका तिर देखाएर आफ्नो कर्तब्यबाट भाग्ने काम मात्र भएको हो ।

आनन्द कुमार भट्टराई,विश्लेषक

धैरै पूँजी संस्थागत लगानीकर्तासँग हुने भएकाले ठूला सस्थागत लगानीकर्ताहरु बजार प्रवेश गर्नु प¥यो । हाल बजारको अवस्था देखेर ठूला संस्थागत लगानीकर्ताहरु पनि उदासिन छन् । नागरिक लगानीकोष, संचय कोष, म्युचुअल फण्डहरु जस्ता संस्थागत लगानीकर्ताहरुले पनि शेयरमा लगानी गर्न डराइरहेका छन् ।

शेयर बजार काठमाडौं केन्द्रित मात्र भयो, ग्रामिण क्षेत्रका नागरिकलाई शेयरमा लगानी गर्न अभिप्ररित गर्नुका साथै शेयर कारोबार गर्ने ब्रोकर पनि ग्रमिण भेगमा प¥याउनु सक्नु प¥यो। साथै बैंकहरुले शेयर कर्जा ब्याजदर सिङ्गल डिजिटमा दिने हो भने बजारमा सप्लाई भन्दा डिमान्ड बढ्नेछ।

अम्बिका प्रसाद पौड्याल, शेयर लगानीकर्ता
हाल लगानीकर्ताको मनोविज्ञान अलिकति कमजोर भएको अवस्था छ। सुझाव समितिले बुझाएको ५८ बुँदे प्रतिवेदन कार्यान्वयन भएन, करको विषय अहिलेसम्म पनि उल्झनमा नै छ, सूचिकृत कम्पनीहरुको संस्थागत सुशासन हुन नसक्दा बजारमा डिमान्ड बढ्न नसकेको हो।

साथै शेयर बजारमा डिमान्डको र्सिजना गर्ने भनेको सस्थागत लगानीकर्ताहरु नै हुन्। कम्पनीहरुको मूल्य आम्दानी अनुपात करिब १५ को हाराहारीमा आउदा पनि ठूला लगानीकर्ताले बजारमा लगानी नगर्दा साना लगानीकर्ताको मानोबल कमजोर भएको र बजारमा सप्लाई भन्दा डिमान्ड कमजोर भएको हो। सुधारका कामहरु गरेर लगानीकर्ताको मनोवल उच्च बनाई डिमाण्ड बढाउँन सकिन्छ, यसबारेमा सरकारले नै सोच्नुपर्छ ।

मन बाहिङ्ग राई, पूर्व सिइओ सगरमाथा फाईनान्स
शेयरको डिमान्ड र सप्लाईले नै बजार निर्धारण गर्दछ। पूँजीगत लाभकरको समस्या समाधान नहुनाले शेयर बजारमा शेयरको सप्लाई बढिरहेको छ भने डिमान्ड घटिरहेको छ।

नेपाल राष्ट्र बैंकको १४ पाना लामो एकीकृत निर्देशनको कारण शेयर बजारमा सबै भन्दा धेरै हिस्सा रहेका बैंक तथा वित्तीय संस्थामा प्रत्यक्ष प्रभाव परेको छ। साथै सरकारले पैतृक सम्पत्तिमा कर लगाउने तयारी गरेकाले पनि बजारमा असर पुगेको देखिन्छ।

समग्रमा भन्ने हो भने लगानीकर्ताको मनोवल कमजोर हुदा पनि शेयरको डिमान्ड बढ्न नसकेको हो । सरकारले लगानीकर्ताको कमजोर मनोवललाई उठाउने काम गरेको छैन् । बैंकहरुले सवारी साधन खरिदगर्न सिङ्गल डिजिट ब्याज दरमा ऋण उपलब्ध गराउने तर शेयर कर्जाका लागि नपाउने अवस्था छ। नियामक निकायका प्रमुखहरुले आस्थाका आधारमा सरकारलाई सहयोग नगरी राखेको अवस्था देखिन्छ ।

साथै कस्मिर विवादका कारण भारतीय मुद्रा कमजोर हुने मनोविज्ञानले पनि बजारमा नकारात्मक असर गरेको छ।

हेमन्त बस्याल,विश्लेषक
शेयर बजारमा सप्लाई धेरै भयो भन्ने अफवाह फैलाइएको मात्र हो। पहिले शेयर बजारमा २३ खर्ब माथिको पूँजी थियो र आज १४ मा झरेको छ। यसलाई धेरै कसरी भन्ने ? शेयरको संख्यालाई मात्र सप्लाई भन्न मिल्दैन। जस्तै एउटा ठूलो केकलाई धेरै टुक्रा पारेर त्यसको सप्लाई धेरै भयो भन्न मिल्दैन। केकको साइज बढेको छैन्। कूल बजार पूँजीकरण बढेर सप्लाई बढेको होइन्।

पछिल्लो सयममा बार्गेनिङ गरेर खरिद गर्ने खरिदकर्ताहरु बढेका छन् जसले घटेरै बेच्ने आए भने खरिद गर्न तयार हुने, नत्र दुई चारदिन पखेर किनौला भन्ने खालको डिमान्ड लगानीकर्तामा देखिन्छ। डिमान्ड हुदा हुदै बिक्रीकर्ता घटेर बेच्न तयार छैन् भनेको नै बजार सन्तुलनमा आएको हो भन्ने बुझिन्छ ।

नेपालको शेयर बजारमा सबै भन्दा ठूलो नीतिगत जोखिम देखिन्छ। लगानीकर्ताले लगानी गर्ने समयको नीति अनुसार लगानी गरेर आम्दानी गर्ने योजना बनाएको हुन्छ। तर त्यसको ६ महिना वा एक वर्ष भित्रै नीति परिवतर्न हुदा लामो अवधिका लागि लगानी गरेका लगानीकर्ता मारमा पर्छन् । जसले गर्दा लगानीकर्ताले आत्म विश्वास बढाउन सकिरहेका छैनन् ।

नीति भन्ने बितिकै पूँजीगत लाभकरको मुद्धा छ । शेयरमा दुई महिनाको लागि लगानी गर्नेलाई पनि पूँजीगत लाभकर उस्तै र १० वर्षसम्म लगानी गर्ने लगानीकर्तालाई पनि उस्तै हुदा पनि बजारमा असर गरेको देखिन्छ।

अर्को तरलताको जोखिम देखिन्छ । आफ्नो मनोविज्ञान अनुसार बजार चलाउन खोज्ने केहि व्यक्ति तथा सस्थाहरु बजारमा आएका छन् । यस्ता कुराहरुले पनि बजारमा असर गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah