झापा कमल गाँउपालिका साविक लखनपुर १ का सामाजिक तथा राजनीति ब्याक्तित्व रघुनाथ पोखरेलको असमायिक निधन भएको छ । राप्रपाका क्षेत्रिय सदस्य समेत रहेका पोखरेलले लखनपुर गाबिसको संयन्त्रमा रहेर धेरै थुप्रै बिकासका कामहरुमा अगुवाइ गरेका थिए । हिजो अबेरसम्म स्वस्थ रहेका उनि अचानक बिरामी परेको पारिवारीक श्रोतले बताएको छ । श्वासप्रश्वास बढेपछि उनलाइ धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपचारका लागि लगिएको थियो ।



