काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको । आइतबार छापावाला सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
महासँघका अनुसार, आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोलाभ ९ सय रुपैयाँले कारोबार भएको थियो ।



