नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाटै  आफ्ना गुनासा र असन्तुष्टिहरुको सम्बोधन हुने जनाउँदै असन्तुष्ट दलहरुलाई स्थानीय तहको चुनावमा भाग लिन आव्हान गरेका छन् । स्वास्थ्य परीक्षणका लागि बैंकमा रहेका ओलीले नयाँ वर्षको अवसरमा जारी गरेको शुभकामना सन्देशमा निर्वाचनमा सहभागि भएर आफ्ना गुनासाहरुको सम्बोधन गर्न आव्हान गरेका हुन् ।

‘लोकतन्त्रले हामी सबैलाई आफ्ना गुनासा, असन्तुष्टि र मागहरुलाई वैधानिक परिधिभित्रैबाट समाधान गर्ने अवसर प्रदान गर्दछ । आवधिक निर्वाचनका माध्यमबाट आफ्ना मान्यताहरुको परीक्षण र जनअनुमोदन गराउने तथा त्यसका आधारमा संवैधानिक पद्धतिलाई थप परिष्कृत र विकसित गर्दै लैजाने आधार उपलब्ध गराउनु लोकतन्त्रको सबैभन्दा सबल पक्ष हो’ अध्यक्ष ओलीले नयाँ बर्षको शुभकामना बक्तव्यमा उल्लेख गरेका छन्, ‘म नयाँ बर्षको सुखद उपलक्ष्यमा वर्तमान संवैधानिक प्रक्रियाप्रति केही गुनासाहरु अभिव्यक्त गरिरहनु भएका साथीहरुलाई पनि लोकतान्त्रिक विधि र निर्वाचनकै माध्यमबाट ती समस्या समाधानमा सकारात्मक योगदान गर्न आह्वान गर्दछु ।’

ओलीले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटोमा एकतावद्ध भएर अघि बढ्न पनि पनि आव्हान गरेका छन् । ‘प्रकृति र संस्कृतिको वरदान प्राप्त हाम्रो सुन्दर मुुलुक लामो राजनीतिक अस्थिरता, द्वन्द्व र अव्यवस्थाका कारण निकै पछाडि परेको छ । यो स्थितिलाई अब बदल्नै पर्छ । बदलिँदो विश्व सन्दर्भले पनि हामीलाई सधैभरि यही अवस्थामा रहन अनुमति दिंदैन । त्यसैले राजनीतिक दल, सङ्घसंस्था एवं आम जनसमुदायमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको यस महायात्रामा एकतावद्ध भएर अगाडि बढ्न आह्वान गर्दछु’ ओलीद्वारा हस्ताक्षरित बक्तव्यमा उल्लेख छ, ‘आर्थिक समृद्धिका लागि सामाजिक सद्भाव र राष्ट्रिय एकता अनिवार्य पूर्वसर्त हो । त्यसैले नेपाली समाजको विविधता र बहुलतालाई मूल्यवान सम्पदाका रुपमा ग्रहण गर्दै यसलाई सुदृढ बनाउन तथा नेपालको स्वाधीनता र राष्ट्रिय स्वाभिमानलाई अझ माथि उठाउन नयाँ बर्षले हामीलाई प्रेरणा दिनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

ओलीले बैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनमा उत्साहका साथ सहभागी हुन र आफूले चुनेका प्रतिनिधिहरुका माध्यमबाट विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीब्रता दिन पनि अनुरोध गरेका छन् । ‘संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो र लोकतन्त्रलाई जनताको घर–आँगनमा पुर्याउने प्रभावशाली प्रक्रियाको रुपमा रहेको स्थानीय तह निर्वाचनले नेपाली जनतालाई स्वशासनको अनुभूति दिलाउने छ । यसै क्रममा संविधानले निर्दिष्ट गरेको समयसीमा भित्रै बाँकी निर्वाचनहरु पनि सम्पन्न भएर नयाँ बर्ष २०७४ नेपालको राजनीतिक स्थायित्व र लोकतन्त्र सुदृढीकरणको स्मरणीय बर्षका रुपमा अङ्कित हुने विश्वास मैले लिएको छु’ ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah