आफ्नो दौडधुपपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्टी लिनुहोस् र तनाव कम गर्नुहोस् । अफिसबाट लिइने यस्ता छुट्टीले तपाईलाई तनावबाट मुक्तिमात्रै होइन, यसबाट मुटुको विमारी हुने खतरा पनि निकै कम हुन्छ ।
मनोविज्ञान र स्वास्थ्यसम्बन्धि एक अध्ययनअनुसार कामबाट लिइएको छुट्टी मेटाबलिक सम्बन्धि लक्षण कम गर्न सहयोगी हुने र यसबाट मुटुको रोग लाग्ने खतरा समेत कम हुन्छ ।
अमेरिकास्थित सिरैक्युज विश्वविद्यालयका सहायक प्राध्यापक ब्रायस ह्य्रुस्काले भने, ‘हामीले पछिल्लो १२ महिलामा अक्सर कामबाट बिदा लिएर छुट्टी मनाउनेहरुमा मेटाबोलिक सिन्ड्रोम र मेटाबोलिक लक्षणको जोखिम कम पाएका छौं ।’
मेटाबोलिक सिन्ड्रोम मुटुका विरामीका लागि जोखिमको कारकको एक संग्रह हो । यदि तपाईमा यो बढी छ भने मुटुरोग लाग्ने खतरा बढी हुन्छ ।
उनले भने, ‘जो मानिस नियमित बिदा बसेर कामको तनाव कम गर्छ, त्यसमा हृदयघातको पनि कम सम्भावना हुन्छ । किनकि मेटाबोलिक सम्बन्धि लक्षण परिवर्तनीय छन्, अर्थात परिवर्तन गर्न या नियन्त्रण गर्न सकिन्छ ।’



