अमेरिकालगायत पश्चिमी राष्ट्रहरू र भारतको समेत परोक्ष असहमतिबीच आतंकवादको सम्भावित सुरक्षा चुनौती मद्देनजर गर्दै नेपाली र चिनियाँ सेनाको विशेष संयुक्त सैन्य अभ्यास वैशाख ३ मा काठमाडौंमा सुरु हुने भएको छ ।

छिमेकी राष्ट्र भारत र अमेरिकाले चीनसँगको संयुक्त सैन्य अभ्यासबारे विभिन्न आशंका गरिरहेका बेला नेपाली सेनाले बिहीबार विज्ञप्ति जारी गरी चिनियाँ जनमुक्ति सेनासँगको संयुक्त सैन्य अभ्यास ‘नेपालको परराष्ट्र र सुरक्षा नीति’मा आधारित रहेको स्पष्ट पारेको छ ।

चीनको जनमुक्ति सेनासँग पहिलोपटक हुन लागेको सैन्य अभ्यास वैशाख १२ सम्म हुनेछ । नेपाल र चीनबीचको विशेष फौज संयुक्त सैन्य अभ्यासलाई ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको छ । जंगी अड्डाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त अभ्यासले आतंकवादविरुद्ध लड्ने क्षमता अभिवृद्धि गर्नुका साथै सैनिक ज्ञान र पेशागत क्षमता आदानप्रदान गर्दै सैनिक तथा कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्नेछ ।’

सेनाले सैन्य अभ्यास कुन तालिम केन्द्र वा वाहिनीमा हुनेबारे विवरण दिएको छैन । सेनाले अभ्यासमा सहभागी हुने दुवै राष्ट्रका सैनिकको संख्याबारे पनि उल्लेख गरेको छैन । जंगी अड्डाले अभ्यासमा सहभागी हुने सैनिकको संख्या नखुलाए पनि चिनियाँ जनमुक्ति सेनाबाट २० जनाभन्दा थोरै सहभागी हुने स्रोतले बताएको छ । सैनिक प्रवक्ता झंकरबहादुर कडायतले अभ्यासको तयारी पूरा भएको बताउनुभयो । अभ्यास विशेष वाहिनी महाराजगन्जमा गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।

चीनको रक्षा मन्त्रालयले गत पुस १४ मा पत्रकार सम्मेलन गरी नेपाल(चीन संयुक्त सैन्य अभ्यास हुने जानकारी दिएको थियो । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच पहिलोपटक सैन्य अभ्यासको तयारी भइरहेको बताउनुभएको थियो ।

मार्च्भित्रै सैन्य अभ्यास गर्न दुवै देशले तयारी गरेका भए पनि नेपाली सेना शान्ति प्रयासलगायत अन्य कार्यक्रममा व्यस्त हुनुका साथै चीन(नेपाल संयुक्त अभ्यासबारे बाह्य शक्तिहरूले अनावश्यक टीकाटिप्पणी गरेपछि चीन सशंकित भएकाले अभ्यास अप्रिलमा सरेको स्रोतले बताएको छ । नेपाली सेनाले चीनसँगको सैन्य अभ्यास सामान्य भएको बताउँदै आएको छ । नेपालस्थित चिनियाँ दूतावासले नेपाल र चिनियाँ सेनाबीच हुन लागेको सैन्य अभ्यासबारे असम्बन्धित मुलुकहरूले अनावश्यक चासो र टिप्पणी गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।

नेपालले अमेरिका र भारतसँग बेग्लाबेग्लै सैन्य अभ्यास गर्दै आएको छ । पछिल्लोपटक पाकिस्तान र बंगलादेशसँग तय भएको सैन्य अभ्यास स्थगित भएको थियो । पाकिस्तानसँग हुने भनिएको सैन्य अभ्यास प्रधानमन्त्री पुष्पकमल दाहालको दबाबमा नेपाली सेनाले स्थगित गरेको थियो । बिनाकारण सैन्य अभ्यास स्थगित हुँदा पाकिस्तान असन्तुष्ट बनेको स्रोतले बताएको छ । नेपाली सेनाले द्विपक्षीय सैनिक तालिम तथा अभ्यासबाट सैनिक ज्ञान तथा पेशागत क्षमता अभिवृद्धि हुनुका साथै सैन्य तथा कूटनीतिक सम्बन्ध सुदृढ पार्न सहयोग पुग्ने बताएको छ ।

अन्नपूर्ण पोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah