नयाँ वर्षको सुरुसँगै सरकारले  ‘म स्वस्थ–मेरो देश स्वस्थ’ नारासहितको  ‘मेरो वर्ष’ अभियान सुरु गरेको छ। प्रस्वास्थ्य मन्त्रालयको आयोजनामा त्रिपुरेश्वरको दशरथ रंगशालावाट सुरु गरिएको अभियानको झण्डोत्तलन र मंगलधुनका साथ प्रधानमन्त्रीले शुभारम्भ गरेका हुन्। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले हरेक नागरिकलाई स्वस्थ रहनका लागि व्यक्तिगत सचेतना जगाउन अभियान सुरु गरिएको बताए।

दशरथ रंगशालाबाट अभियानको औपचारिक सुरुवातपछि नसर्ने रोगबाट जोगिन हिँड्नु पर्छ भन्ने सन्देश फैलाउन स्वास्थ्य मन्त्री गगन थापा, वन मन्त्री शंकर भण्डारी, स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ लगायत हजारौं सहभागी दशरथ रंगाशालादेखि बसन्तपुरसम्म हिँडेका थिए।

बसन्तपुरमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री थापाले व्यक्ति र परिवार स्वस्थ रहेमात्र देश स्वस्थ रहने भन्दै सबै नागरिकलाई स्वास्थ्यप्रति सचेत रहन आग्रह गरे। ‘जीवनशैलीमा आधारित नसर्ने रोगहरुको प्रकोप बढ्दै गैरहेको छ,’ मन्त्री थापाले भने,  ‘त्यसकारण यस्ता रोगबाट जोगिन आम नागरिकले व्यायाम गर्ने, पोषिलो खाने, धुम्रपान मध्यपान छाड्ने जस्ता सामान्य व्यवहार परिवर्तन गर्न सरु गरौँ ।’

उनले जीवनशैलीमा र खानपानमा सुधार गर्दा हजारौं व्यक्तिको जीवन स्वस्थ हुनुका साथै व्यक्तिगत र राष्ट्रको अरबौं रकम जोगिने भन्दै सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न आह्रवान गरे।  ‘समयमै रोगको पहिचान र रोकथाम हुन नसक्दा परिवार र राष्ट्रका लागि उपचार खर्चको भार, अपांगता र अकाल मृत्यु बढ्दै गएको छ,’ उनले भने, ‘त्यसकारण जीवनशैलीको सामान्य परिवर्तनबाट व्यक्ति र राष्ट्रको खरबौँको भार  रोक्न सकिन्छ।’

मन्त्री थापासँगै कार्यक्रमा उपस्थित हजरौँले एकैपटक ‘म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ सेवन गर्दिनँ, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु र म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ भन्ने पाँच वटा प्रतिबद्धता व्यक्त गरेका छन्।

स्वास्थ्य सचिव डा। सेनेन्द्रराज उप्रेतीले नेपालका अस्पतालमा भर्ना हुनेमध्ये ८५ प्रतिशत बिरामी नसर्ने रोगका भएको बताए। ‘नसर्ने रोगको महामारी फैँलदै छ,’ उनले भने, ‘‘त्यसकारण यो महामारीबाट जोगिन सबै नागरिक सचेत रहनु पर्छ।’ उनले सरकारले चेतना फैलाउन यो अभियान अन्तर्गत वर्षभरिमा कार्यक्रम गर्ने भएपनि आम नागरिकले यो अभियानलाई जीवनपर्यान्त चलाउनु पर्ने बताए।

कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले जीवनशैली र खानपान लगायतका सानासाना कुराहरुमा ध्यान दिँदा ठूला रोगबाट जोगिन सक्ने बताइन्। उनले सरकारले सुरु गरेको अभियानलाई सबै नागरिकले अबलम्बन गर्नुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah