नयाँ वर्षको पहिलो दिन मुसहर बस्तीमा बेग्लै खालको खुशीयाली छाएको छ । चर्चित कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा निर्मित एकीकृत नमुना बस्ती आज मुसहर समुदायलाई हस्तान्तरण भएपछि उनीहरुको खुशीले सीमा नाघेको हो ।

महोत्तरी जिल्लाको बर्दिवासमा निर्मित धुर्मुस–सुन्तली फाउन्डेसनले ५० घरधुरी मुसहर समुदायका एक भव्य कार्यक्रमसहित हस्तान्तरण गरेपछि कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यमा भाबूक भएनन् त्यहाँ उपस्थित सबै खुशीले गदगद र्भ । सो निर्माण बस्ती महजोडीले आज संयुक्तरुपमा व्यवस्थापन समितिका अध्यक्ष बिल्टु सादा मुसहरलाई बस्तीको साँचो हस्तान्तरण गरे ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी पनि सहभागी भएका थिए । आजै बस्तीभित्र निर्मित भ्यू–टावर र मुसहरका कूलदेवता भूइँयाँमहाराज तथा दिनाभद्रीको मन्दिर एवम् बाल उद्यान पनि उद्घाटन भएका छन् । धुर्मुस–सुन्तलीका मातापिता (बोगराज कट्टेल, कमला कट्टेल एवम् हरिप्रसाद घिमिरे, सीतादेवी घिमिरे)ले संयुक्तरुपमा दिनाभद्रीको मन्दिर एवम् बाल उद्यान मुसहर समुदायलाई हस्तान्तरण गरे ।

सो अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले राष्ट्र निर्माण अभियानमा हास्यकला क्षेत्रकै धुर्मुस–सुन्तलीले तीन वटा बस्ती बनाएर ‘आँटे सकिन्छ’ भन्ने उदाहरण दिएका थिए । मुख्य सचिव डा सुवेदी, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति डा जीवराज पोखरेललगायतले पनि बोलेका थिए ।

समारोहमा फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि देश–विदेशबाट रु ६ करोड ३६ लाख ३९ हजार सहयोग प्राप्त भएको र तीमध्ये रु पाँच करोड चारलाख खर्च भएको जानकारी दिए ।

बस्तीमा ५० घरधुरी मुसहरका लागि खानेपानी धारा, शौचालय र सडक सुविधासहितको दुईतले पाँचकोठा भएको पक्की घर, भ्यू–टावर, बाल उद्यान, मन्दिर, पक्की सडक, सार्वजनिक शौचालय, सामुदायिक भवन र बस्तीका चारैतिर पर्खाल निर्माण गरिएको छ ।

धुर्मुसले बस्ती हस्तान्तरण गर्नु केही अघि सार्वजनिक गरेका केही तस्बिरको क्याम्पसमा ‘पूरा भयो सपना’ भनी उल्लेख गरेका छन् । उनले उल्लेख गरेको तस्बिरमा प्रष्टसँग क,ख, गदेखि ज्ञसम्म र एक–दुई र वान, टु टेनसम्म लेखेको देख्न सकिन्छ । त्यसले मुसहर बस्तीमा प्रवेश गर्ने सबैको ध्यान केन्द्रित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah