बिना श्रेष्ठ
काठमाडौं । कलाकार तथा निर्देशक अशोक शर्माले चलचित्र ‘रातो टीका निधार’मा निर्माण गर्ने भएका छन् । चलचित्रको सोमबार शुभ साइत गरिएको छ ।
निर्देशक शर्माले चलचित्र ‘अल्लारे’को रातो टीका निधार… बोलको चर्चित गीतको लाइन लिएर चलचित्र निर्माण गर्न लागेका हुन् । चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह, नीता ढुंगाना, खुश्बु खड्का, रविन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा र राजाराम पौडेललगायत कलाकारको अभिनय रहनेछ ।
यसै चलचित्रबाट निर्देशक शर्माले छोरा अंकित शर्मालाई चलचित्र डेब्यु गराउन लागेका छन् ।
किरण शर्मा र कृति शर्माको निर्माण रहने ‘रातो टीका निधारमा’ ७६ सालको दशैमा प्रदर्शनमा आउने निर्माण टीमले जानकारी दिएको छ ।
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को प्रस्तुति चलचित्र ‘छ माया छपक्कै’ पनि दशैंमा नै प्रदर्शनमा आउने चलचित्रको घोषणा मितिदेखि नै निमार्ण पक्षले सार्वजनिक गरेको छ ।
गत वर्ष पनि दीपक दीपाको ‘छक्का पन्जा ३’ र अशोक शर्माको ‘जय भोले’ एक हप्ताको फरकमा प्रर्दशन आएको थियो । त्यस्तै यो वर्ष पनि उनीहरुको चलचित्र जुध्ने सम्भावना देखिएको छ । संजोग हो या प्रतिस्पर्धा यही भन्न नसकिए पनि दुई ठूला ब्यानरका चलचित्र जुध्नु दुवै चलचित्र निर्माण टीमको लागि घाटा नै मान्नुपर्छ ।



