प्रत्येक नेपाली नागरिकको स्वस्थ भएर बाँच्न पाउनु मौलिक हक हो। हाम्रो नयाँ संविधानले त्यही भन्छ। जहाँ जनताको हक हुन्छ, त्यहाँ सरकारको दायित्व हुन्छ। राज्यको कतव्र्य हुन्छ। नेपाल सरकार जनताको यो हकप्रति समर्पित पनि छ। प्रतिबद्ध पनि छ। जनताको स्वास्थ्यको रक्षाका लागि स्वास्थ्य मन्त्रालयबाट धेरै कामहरु भएको छ। धेरै कामहरु प्रक्रियामा छन्। बाँकी रहेका कामहरु फत्तै गर्न हामी लागिरहेका छौँ। हामीले धुम्रपानलाई रोक्न कार्यक्रमहरु ल्याएका छौं। लामो समयदेखि बनाएको सूर्तीजन्य पदार्थको नियमन गर्ने ऐनको कार्यान्वयनको पक्ष जति सबल हुनुपर्ने हो भएन भनेर त्यसलाई प्रभावकारी बनाउन केही निर्णय भएका छन्।

नयाँ वर्षसँगै हामीले थुप्रै कामहरुलाई अगाडी बढाउने छौं। मदिराजन्य पदार्थको सन्दर्भमा पहिलो पटक ‘यो स्वास्थ्यको विषय हो’ भनेर मन्त्रीपरिषद्मा नीति लगियो। मदिराको हानिकारक प्रयोगलाई रोक्ने नीति एक चरण पास भएर छलफलको क्रममा छ। यसको ऐन बनाउने कामहरु हामी गरिरहेका छौं।

नसर्ने रोगको भार बढी रहेको छ। यसकालागि हामीले व्यायाम गर्नुपर्छ भन्छौं। नियमित व्यायाम गरौँ भनेर मात्र हुँदैन। व्यायाम गर्नका निम्ती खुला ठाँउहरु हुनुपर्छ । खुला ठाँउमा स्वच्छ वायु हुनुपर्छ। स्वच्छ वायु भएको खुला ठाँउ भएमा मात्र नागरिकले व्यायाम गर्न सक्दछन्। यी कुरालाई नै लिएर काठमाडौं लगायतको ठाँउहरुको अवस्था सुधार गर्नुपर्छ भनेर काम अगाडि बढाएका छौं। काठमाडौं लगायत सहरी क्षेत्रको प्रदुषित वातावरणमा जनताले कसरी व्यायाम गर्न सक्छन्? खुला ठाँउमा स्वच्छ हावामा व्यायाम गर्न पाउनु पनि जनताको हक हो। यो हकलाई जनताले प्रयोग गर्न पाउनु पर्छ। यसका लागि पनि आवश्यक काम अगाडि बढाउन प्रस्ताव मन्त्रीपरिषद्मा लगिएको थियो। उक्त प्रस्तावलाई प्रधानमन्त्रीले पनि सकारात्मक रुपमा लिएर आवश्यक काम अगाडि बढाउन निर्देशन दिइसक्नु भएको छ।

स्वच्छ खान पाउनु पनि जनताको हक हो। यसका लागि कृषि तथा अन्य मन्त्रालयसँग मिलेर काम अगाडि बढाउने भएका छौँ। खासगरि नयाँ निर्वाचित भएर आएका नगरपालिका तथा गाँउपालिकाहरुसँग मिलेर यसमा थुप्रै कामहरु हामी गर्न चाहन्छौं।

नियमित स्वास्थ्य परिक्षण गराऔँ भनेर हामीले भन्यौँ। तर भनेर मात्र हुँदैन। स्वास्थ्य परिक्षण गर्ने कुरालाई सजिलो पनि बनाउनु छ। सुलभ पनि बनाउनु छ। त्यही भएर यो आर्थिक वर्षभित्र हामी एक हजार ५३ वटा स्वास्थ्य चौकीमा सामान्य स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था गर्दैछौं। जनताले घरै अगाडिको, दैलो अगाडिको स्वास्थ्य चौकीमा सहज रुपमा परीक्षण गर्न पाउने बन्दोवस्त मिलाउँदै छौं।

२०७४ सालको आधासम्ममा हामी देशैभरीको स्वास्थ्य चौकीमा जनताले परीक्षण सेवासँगै आधारभूत उपचार सेवा पाउने व्यवस्था गर्दै छौं। यो व्यवस्था काठमाडौंमा मात्र सिमित हुन्छ भन्ने होइन। दुरदराजको गाँउहरुमा पनि नागरिकले स्वास्थ्य परीक्षण गर्न सक्ने सम्पूर्ण पूर्वाधार र जनशक्ति पुर्‍याउँने छौँ।

बिरामी भएपछि मात्र उपचारका लागि जाने होइन। अस्वस्थ भएपछि मात्र स्वास्थ्य केन्द्र जाने होइन। अब नागरिक सचेत भएका छन्। उनीहरु रोग लाग्नू भन्दा अगाडी नै स्वास्थ्य संस्थामा जाने छन्। मेरो स्वास्थ्य अवस्था कस्तो छ भनेर जाँच गर्न काठमाडौंको नागरिकले पनि पाउनु पर्छ। दुरदराजको तराईको, पहाडको, हिमालको हरेक क्षेत्रका गाँउगाँउका र सहरका नागरिकले पाउनु पर्छ। यो कामलाई उच्च प्राथमिकताका साथ हामीले अगाडी बढाएका छौं।

स्वस्थ हुनका लागि गर्नुपर्ने यो लडाई स्वास्थ्य मन्त्रालय एक्लैले लडेर मात्र हुँदैन। यो लडाई जित्नका लागि सरकार र नागरिक एकाकार भएर एउटै दिसामा एउटै दृष्टिकोणका साथमा हेर्‍यौँ र हिँड्यौँ भने मात्र यो लडाई जित्न सकिन्छ। त्यसैले यो आह्वान सरकारको तर्फबाट आम नागरिकलाई हो। यो आह्वान सरकारका तर्फबाट देशका सम्पूर्ण सामुदायिक संघसंस्था सबैप्रति पनि हो। हामी सबैले मिलेर गर्यौ भने मात्रै यी कुरा पुरा गर्न सम्भव छ। त्यसकारणले गर्दा म स्वास्थ्य मन्त्रीको यो जिम्मेवारीबाट देशभरका सम्पूर्ण मान्यवर, सम्पूर्ण नागरिकहरुलाई हार्दिक अपिल गर्न चाहन्छु। सरकारलाई मद्धत गर्दिनका निम्ति यो आग्रह हो।

हामी अझै पनि अतिकम विकसित देशहरुमध्ये पर्छौँ। हामीसँग अझै पनि धेरै स्रोत र साधन छैन। हामीसँग छनौट पनि कम छ। हामीले आजैबाट मात्रै काठमाडौंका तीनवटा अस्पतालमा मिर्गौलाको निशुल्क प्रत्यारोपण सेवा सुरु गरेका छौं। यो लगायत अरु थुप्रै विषयमा हामीले कामहरु सुरु गरेका छौं।

तर यो गर्न सम्भव छ? हामी आफ्नो ढुकुटी जस्तो छ त्यसले हाम्रा यी सबै कुरालाई थेग्न सक्छ? भन्ने प्रश्न उठेको छ। प्रश्न जायज पनि छ। हाम्रो खल्ती पनि सानो छ। देशको ढुकुटी पनि सानो छ। मिहेनत गरेर बढाउँदै लैजाउँला। खल्ती पनि ठुलो बनाउँदै लैजाउँला । तर आजको यथार्थ खल्ती पनि सानो छ,ढुकुटी पनि सानो छ। हामीसँग छनौट कम छ। त्यसैले नागरिकहरु बिरामी भैसकेपछाडी उपचार गर्ने अस्पताल खोलेर वा अस्पतालको सेवा विस्तार गरेर मात्रै नेपालको हालको ढुकुटीले थेग्न सक्दैन। हामीले बुद्धि पुर्‍याउने यसैमा हो।

हामीले हामीलाई अस्वस्थ हुन नदिने कुरामा खर्च गर्नुपर्छ। यसका लागि हाम्रो खर्च थोरै हुन्छ। सानो खल्तीले पुग्छ। हाम्रो सानो ढुकुटीले पुग्छ। तर हामी बिरामी हुने कुरा हुन दिने, अस्वस्थ हुनेकुरा हुन दिने तर त्यसपछाडी उपचार गर्न अस्पताल सरकारले खोल्दिन्छ, सरकारले गर्दिन्छ भनेर बस्ने हो भने न सरकारले सक्छ, न त नागरिकले नै सक्छ। हामी अहिले पनि आफ्नो खल्तीबाट ‘आउट अफ द पकेट’ धेरै खर्च गर्ने देशमध्ये पर्छौँ। औषधि महँगो छ। उपचार महँगो छ। हामीले चाहेर पनि त्यसलाई घटाउन सकिरहेका छैनौँ।
नसर्ने रोगको ठूलो भारलाई घटाउने साना कुरा गरेपुग्छ। हेर्दा साना लाग्ने यी कुराले ठूलो नतिजा दिन्छ।

यदी हामीले

म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ सेवन गर्दिनँ

म नियमित व्यायाम गर्छु

म स्वस्थ र पोषिलो खाना खान्छु

म नियमित स्वास्थ्य परीक्षण गराउँछु

म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु

भन्ने यी पाँच कुराहरुलाई अहिलेनै कार्यान्वयनमा ल्याउने हो भने व्यक्ति व्यक्तिको अर्बौं रुपैयाँ अनि राज्यको पनि अर्बौं रुपैयाँ जोगिन्छ। यसरी हिसाब गर्दा पाँच वटा प्रतिबद्धतालाई जीवनमा लागू गर्दा नेपालको खर्बौं रुपैयाँ जोगिनेछ। हजारौँको ज्यान जोगिने छ। त्यो पनि यी साना कुराबाट। यो हाम्रो नियन्त्रणमा छ। यसका निम्ति केही हुनुपर्दैन। अहिले हामी जुन अवस्थामा छौं, यही अवस्था भित्रमा पनि हामी यी पाँच कुराहरुलाई सहज रुपमा गर्न सक्छौँ।

कतिपय कुराहरु हाम्रो गलत छनोटका कारण समस्या बनिरहेको छ। हामीसँग छनोट छ। हातमा थोरै पैसा छ। दिउसो पाँच/सात वटा चुरोट सेवन गर्ने अनि रातमा दुई/तीन प्याक रक्सी पिउने र अकालजमा ज्यान गुमाउने हो वा दुईवटा फलफुल खाएर स्वस्थ जीवनशैली जिउने? छनोट हाम्रो हो। हामी रक्सी र चुरोट खाँदै गर्दा के भन्दछौं भने यो मेरो अधिकार हो भन्छौं। तर बिहान बेलुका फलफुल खाने बेलामा सरकारले उपलब्ध गराए पो खाने भन्दै गाली गर्छौँ। म आग्रह गर्न चाहन्छु हाँहरुलाई चुरोट र रक्सी खानेबेलामा खल्तीबाट जति पनि खर्च गर्ने र मेरो खाएको हुँ भन्न छाडिदिनुस र उक्त लगानी फलफुल र स्वास्थ्यमा लगाउन। यती गर्न सक्यौँ भने मात्र हामी सबैले चाहेको स्वस्थ नेपालको लक्ष्य पुरा गर्न सक्छौँ।

(म स्वस्थ–मेरो देश स्वस्थ अभियानको सुरुवातका अवसरमा आयोजित कार्यक्रममा मन्त्री थापाले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah