धेरै मानिसलाई दिउँसो खाना खाएपछि झप्प निद्रा लाग्छ । दिउँसो दाल, पनीर, आलु र नूनिलो खानेकुरा खाँदा निद्रा लाग्छ । यी चीजले निद्रा लगाउँछन् । यिनीहरूलाई खाँदा शरीरका नसा तन्किन पाउँदैन र निद्रा लाग्छ ।
अफिसमा काम गर्ने मानिसहरूले यस्तो खाना खाँदा निद्रा लाग्छ र काम रोकिन्छ । काम राम्रो नभएपछि हाकिमको खप्की खानुपर्छ । यो समस्याबाट छुटकारा पाउनका लागि हामी यहाँ केही उपाय बताउँछौं ।
बिहान टन्न ब्रेकफास्ट लिनुस् । यसो गर्दा दिनभरि भोक लाग्दैन र सक्रिय हुन पाउनुहुन्छ । खानामा भार िकुरा जस्तै अनाज, दही, फल, जुस र मल्टीग्रेन ब्रेड लिनुस् ।
अफिसमा मीठो खानेकुरा सकेसम्म नखानुस् । बिस्कुट, दूध, केक, पेस्ट्र, पास्ता, बन जस्ता कुरा खानुहुँदैन । दिउँसो भातभन्दा पनि रोटी खाने बानी बसाल्नुस् । भात खाँदा निद्रा लाग्छ ।
आलु पनि नखानुस् । आलुले शरीरमा चिनीको स्तर बढ्छ र निद्रा लगाउँछ ।
खाना खाएपछि अलिकति हिँड्नुस् । हल्काफुल्का व्यायाम र जिउ तन्काउने गर्नुस् । अफिसमा लिफ्टभन्दा पनि भ–याङ नै प्रयोग गर्नुस् ।
बजारमा पाइने फास्टफूड नखानुस् । बजारको प्याक्ड खानेकुरामा धेरै फ्याट हुन्छ । अनि त्यसमा भएको प्रिजर्भेटिभ र स्वाद बढाउने फ्लेभर पनि शरीरका लागि हानिकारक हुन्छ । बाहिर खाने हो भने भुटेको वा बेक गरेको कुरा खानुस्, तारेको नखानुस् ।




