एजेन्सी । रामायणमा हनुमानले कसका लागि सञ्जिवनी बुटी ल्याएको भन्ने सजिलो प्रश्नको जवाफ दिन नसकेको भन्ने बलिवुड अभिनेत्री सोनाक्षी सिन्हालाई सामाजिक सञ्जालमा मजाक उडाइदैछ ।

चर्चित टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ को ११ औँ संस्करणको २५ औँ एपिसोडमा राजस्थानकी उदमी रुमा देवी ‘कर्मवीर प्रतिभागीको’ रुपमा कार्यक्रमा हिस्सा लिइरहेकी थिइन् । सोनाक्षी पनि विशेष अतिथिको प्यालनमा थिइन् र रुमा देवीलाई साथ दिइरहेकी थिइन् ।

यसबीचमा उक्त प्रश्न आयो जसको जवाफ सोनाक्षी दिनसकिनन् र लाइफलाइनको प्रयोग गर्न पर्यो ।

प्रश्न थियो – रामायणका अनुसार हनुमान कसको लागि सञ्जिवनी बुटी लिएर आएका थिए ? जवाफको विकल्पमा थियो – सुग्रीव, लक्ष्मण, सीता र राम ।

सोनाक्षीलाई यसको उत्तर थाहा थिएन । उनले एक्सपर्टको लाइफलाइन प्रयोग गरिन् र सही जवाफ ‘लक्ष्मण’ बताइन् ।

ट्वीटरमा ट्रोल

उक्त एपिसोड सकिने बित्तिकै समाजिक सञ्जाल ट्वीटरमा मानिसहरुले उनको मजाक उडान शुरु गरिहाले । केहीले उनको बचाउ पनि गरिरहेका छन् ।

यसपछि #SonakshiSinha ह्यासट्याग भारतमा ट्रेन्डिङ हुनथाल्यो ।

निकुञ्ज नाम गरेका एक प्रयोगकर्ताले लेखे, ‘सोनाक्षी सिन्हाको पिता शत्रुघनका तीन भाइ छन् – राम, भरत र लक्ष्मण । सोनाक्षीको भाइहरुको नाम नव र कुश हो । उनको घरको नाम रामायण हो । तैपनि उनलाई यो प्रश्नको उत्तर दिन लाइफलाइनको प्रयोग गर्नुपर्यो ।’

अर्का प्रयोगकर्ता मनीष चौहान लेख्छन्, ‘निकै निराश जनक, कोही यति बुद्धु कसरी हुनसक्छ ?’

त्यहाँ पेवेन्द्र पाइ नामको ह्याण्डलबाट ट्वीट गरिएको छ, ‘मुस्लिम भएर पनि म यस प्रश्नको जवाफ दिन सक्छु तर यस प्रश्नका लागि सोनाक्षी सिन्हाले लाइफलाइनको प्रयोग गरिन् ।’

यसलाई लिएर मिम्सहरु पनि शेयर भइरहेको छ । अभिनेत्री आलिया भट्टले पनि ‘कफी विथ करण’ मा यस्तै सजिलो प्रश्नहरुको उत्तर दिन नसकेको कारण मजाक उडाइएको थियो ।

यता केहीले सोनाक्षीको बचाउ पनि गरेका छन् । सुमित कुमार सक्सेना नाम गरेका एक प्रयोगकर्ताले लेखेका छन् :

 

 

https://twitter.com/manishchauhan_1/status/1175094022559285248

 

https://twitter.com/halfpsychh/status/1175093028505059334

https://twitter.com/GhareluENGINEER/status/1175189675994206209

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah