आफूले मात्रै आर्थिक क्रान्ति ‘गर्न सक्ने’ भन्दै नयाँ शक्ति नेपाल पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सोचअनुसार स्थापित हुन नसकेपछि अरु पार्टीसँग एकता गरेर जान राजी भएका छन् । तत्कालिन माओवादीमा छँदा प्रचण्डले आफूलाई नेतृत्व गर्न नदिएको गुनासो गर्ने गरेका भट्टराई पार्टी एकताका लागि कुनै बेलाका आफ्ना ‘कार्यकर्ता’लाई अध्यक्ष मान्न पनि तयार भएका छन् ।

प्रसंग हो, उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीचको एकताबारे । २०३२ सालतिर पुष्पलाल समूहको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका उपेन्द्र यादव २०५४ सालतिर माओवादीमा संलग्न भए ।

‘मधेसको कुरा’ उठाएको भन्दै एमालेले कारबाही गरेपछि यादव माओवादीको बुद्धिजीवि संगठनमा आवद्ध भएका थिए । त्यसपछि २०५६ सालमा माओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईसँग भेटेपछि उनले मधेसमा राजनीतिक गतिविधिलाई सक्रिय बनाउने आधार पाए । त्यतिबेला उनलाई माओवादीको ‘क्षेत्रीय ब्यूरो सदस्य’ भनिन्थ्यो ।

माओवादीकै सहयोगमा मधेसी जनाधिकार फोरम गठन भएपछि भने यादव माओवादीबाट टाढा हुँदै गए । र २०६३ माघ २ गतेदेखि सुरु भएको मधेस आन्दोलनले उनको मोर्चा (मधेसी जनाधिकार फोरम) पार्टीको रुपमा उदायो ।

२०६३ साल चैत ७ गते भएको ‘गौर हत्याकाण्ड’ पछि माओवादी र फोरम एकअर्काका दुश्मनजस्तै बनेका थिए । तर, पछि विस्तारै नेता भट्टराई र यादवको सम्बन्ध समधुर हुँदै गयो । अहिले बाबुराम भट्टराई माओवादीबाट अलग भइसकेपछि पुनः उनीहरु एउटै पार्टीमा काम गर्न राजी भएका छन् । त्यसमा पनि भट्टराई उपेन्द्रलाई अध्यक्ष मान्न तयार भएका छन् ।

नयाँ पार्टीको नामका अगाडि ‘नयाँ’ शब्द

बाबुराम र उपेन्द्रबीचको एकताले अन्तिम रुप पाइसकेको छ । नयाँ शक्तिका एक नेताका अनुसार नयाँ पार्टीको नाम पनि लगभग टुंगिसकेको छ । ती नेताका अनुसार बाबुराम र उपेन्द्रबीचको एकतापछि बन्ने पार्टीको नाम ‘नयाँ संघीय समाजवादी फोरम नेपाल’ राखिने सहमति भइसकेको छ ।

एकीकरण पछि पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता बाबुराम भट्टराई रहने सहमति भइसकेको छ । दुवै पार्टीले कार्यदल नै बनाएर एकतालाई अन्तिम रुप दिने प्रयास गरिरहेका छन् । र, वैशाख भित्रै एकता गरीसक्ने लक्ष्य लिइएकको छ ।

संघीय समाजवादी फोरमका एक नेताका अनुसार आगामी स्थानीय चुनाव अगाडि नै दुवै पार्टीबीच एकता भइसक्ने छ । र, वातावरण बने दुवै पार्टी स्थानीय निर्वाचनमा सहभागी हुने छन् । एकीकरण पछि बन्ने पार्टीको चुनाव चिह्न अहिलेको लागि संघीय फोरमकै (हातले समातेको मसाल) रहने पनि सहमति भइसकेको छ । बाबुराम भट्टराई नेतृत्वको दल निर्वाचन आयोगमा दर्ता नभएकाले फोरमकै चुनाव चिह्न प्रयोग गर्ने सहमति भएको जनाइएको छ ।

‘संविधान मान्ने कि नमान्ने ?’ मा विमति

नयाँ शक्ति र संघीय समाजवादी फोरमबीचको लगभग अन्तिम चरण पुगीसकेको नेताहरुको दावी छ । यद्यपी नयाँ संविधान मान्ने कि नमान्ने ? भन्ने विषयमा भने सहमति हुन सकेको छैन ।

सीमांकन परिमार्जनसहित संविधान संशोधन गर्नुपर्ने विषयमा दुवै पार्टीबीच समान धारणा छ । उक्त विषयमा भट्टराई र यादवले संयुक्त रुपमा विज्ञप्ती नै जारी गरिसकेका छन् ।

तर, संविधान निर्माण प्रक्रियामा सहभागी नभएको फोरमले आफूले ‘संविधान मानेको छैन’ भन्दै आएको छ । बाबुराम भट्टराईले भने संविधान निर्माणको महत्वपूर्ण कार्यभार लिएको सम्वाद समितिको सभापतिको हैसियत संविधान निर्माणको प्रक्रियामा सहभागिता जनाइसकेका छन् ।

संविधान ‘अपूर्ण’ रहेको भन्दै आए पनि भट्टराईको पार्टीले भने संविधान स्वीकार गरिसकेको जनाएको छ । सोही विषयले दुवै पार्टीबीचको एकतामा केही अप्ठेरो परेको नेताहरुको भनाइ छ । यद्यपि त्यस विषयमा छिट्टै सहमति हुने उनीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah