एजेन्सी। सलमान खानको ‘दबंग थ्री’ यसैवर्षको  डिसेम्बरमा प्रदर्शनमा आउदै छ । फिल्म रिलिजअघि सलमान खान ‘दबंग थ्री’ प्रति दर्शकहरुको   अत्यधिक ध्यान खिच्न चाहन्छन् । अर्को महिना अर्थात् अक्टोबरमा प्रशंसकले रबिन हुड पुलिसको दुनियाँको एक झलक देख्न पाउनेछन् ।

फिल्मको टिजर ऋतिक रोशन र टाइगर श्रोफको एक्सन फिल्म ‘वार’ सँग देखाइनेछ । यस्तै फिल्मको ट्रेलर यसै वर्षको दिवालीमा रिलिज हुने अक्षय कुमारको फिल्म ‘हाउसफुल ४’ सँगै प्रदर्शित गरिनेछ ।

भारतीय संचारमाध्यमले ट्रेड स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘सलमान खान र निर्माता अरबाजले प्रशंसकका लागि डबल ट्रिटको योजना बनाएको छ ।

फिल्मको ९० सेकेन्डको टिजरलाई ‘वार’ सँग देखाइनेछ, त्यसको केही घण्टापछि यसलाई १ अक्टोबरमा सोसल मिडियामा रिलिज गरिनेछ । यस्तै, २५ अक्टोबरमा अक्षय कुमारको ‘हाउसफूल ४’ सँग तीन मिनेटको ट्रेलर सार्वजनिक गरिनेछ ।

सलमानले व्यक्तिगत रुपमा यी फिल्म छानेका छन् । छुट्टीका दिनमा रिलिज हुने यी फिल्म हेर्न प्रशंसक हलसम्म पुग्ने र यसको बदलामा ‘दबंग थ्री’ प्रति दर्शकको ध्यान आकर्षित हुने उनले आशा राखेका छन् ।’

यस्तै, स्रोतलाई विश्वास गर्ने हो भने फिल्मको ट्रेलरमा कन्नड स्टारका साथै महेश मांजरेकरकी छोरी साईको पनि परिचय दिइनेछ ।

‘दबंग थ्री’ सलमान खानको पहिलो यस्तो फिल्म हुनेछ जुन विभिन्न भाषामा डब र रिलिज गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah