२ वैशाख । महिला विकास तथा महिला सशक्तीकरणका लागि कार्यशाला गोष्ठी आयोजना गरिएको छ ।

अमेरिका तथा नेपालमा काम गर्दै आएको ‘सशक्तीकरण कार्य’ संस्थाको आयोजनामा कार्यशाला गोष्ठीको आज यहाँ उद्घाटन गर्दै राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष एवम् अनुसन्धानकर्ता डा महावीर पुनले विकासका लागि युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।  “मुलुक समृद्ध बनाउनका लागि सामाजिक काम मात्र होइन आर्थिक क्रान्ति पनि गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

संस्थाकी अध्यक्ष मेलानी सेन्ट जेम्सले मुलुकको विकासका लागि युवा नै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । “नेपालमा यस्ता युवा छन् जसले नेपाल मात्र होइन विश्वलाई समेत परिवर्तन गर्न सक्छन्,” उहाँले भन्नुभयो ।

एसिया फाउन्डेसन नेपाल शाखाका उपाध्यक्ष नन्दिता बुराहले नेपाली युवालाई सहयोग गरे उनीहरुले देश परिवर्तनका लागि महत्वपूर्ण कार्य गर्न सक्ने बताउनुभयो ।

सशक्तीकरण कार्य नेपाल शाखाका अध्यक्ष अशोकराज पाण्डेले नेपालमा विभिन्न समयमा हुने सामाजिक कार्यले नेपाली युवा विदेश पलायन हुने क्रम घट्ने विश्वास व्यक्त गर्नुभयो । गोष्ठीमा तथ्याङ्क व्यवस्थापन, महिला सशक्तीकरण, कृषिको मूल्य र सामाजिक समावेशिताका बारेमा जानकारी दिइएको थियो । पाँच दिनसम्म चल्ने उक्त गोष्ठीमा पाँच विकास क्षेत्रका महिलाको सहभागिता रहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah