राष्ट्रपति विद्यादेवी भण्डारीले पितृशोकमा रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको परिवारलाई समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज साँझ कार्की परिवारको निजी निवास भैँसेपाटीमा पुगेर समवेदना प्रकट गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले राससलाई जानकारी दिनुभयो ।
नेता कार्कीका बुबा कृष्णमोहन कार्कीको बिहीबार ८६ वर्षको उमेरमा निधन भएको थियो । नेता कार्की राष्ट्रपति भण्डारीको नजिकको नाता पर्नुहुन्छ ।



