काठमाडौं – वैवाहिक पार्टनरमा खोजिने सबभन्दा प्रमुख गुण दयालुता भएको स्वानसी विश्वविद्यालयले गरेको एक सर्वेक्षणले देखाएको छ । विश्वभरिका २७ सयजना कलेज विद्यार्थीहरूमा उक्त सर्वेक्षण गरिएको हो ।

शारीरिक आकर्षकता र आर्थिक भविष्य पनि महत्त्वपूर्ण गुण मानिएपनि दयालुतालाई सर्वोच्च प्राथमिकता दिइएको सर्वेक्षण निष्कर्षमा उल्लिखित छ । जर्नल अफ पर्सनालिटीमा निष्कर्ष प्रकाशित छ ।

अध्ययनमा सिंगापुर, मलेसिया र हङकङ जस्ता पूर्वी देश र शहरका विद्यार्थीहरूको प्राथमिकतालाई बेलायत, नर्वे र अस्ट्रेलिया जस्ता पश्चिमी मुलुकका विद्यार्थीकोसँग तुलना गरिएको छ ।

विद्यार्थीहरूलाई शारीरिक आकर्षण, राम्रो आर्थिक भविष्य, दयालुता, रमाइलो बानी, चारित्रिक शुद्धता, धार्मिकता, बालबच्चाको चाहना र सिर्जनात्मकता गरी आठवटा गुणलाई अंक दिएर छान्न लगाइएको थियो ।

सबभन्दा बढी अंक दयालुताले प्राप्त गरेको थियो । लगभग २६ प्रतिशत यसलाई नै छुट्ट्याइएको थियो । शारीरिक सुन्दरता र आर्थिक भविष्यले त्यसभन्दा अलि कम प्रतिशत ओगटेका थिए भने सिर्जनात्मकता र शुद्धताले १० प्रतिशत भन्दा कम भाग ओगटेको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah