काठमाण्डौं / कुनै शुभकार्यका लागि ब्रत बसेका महिलाले ब्रत तोडेको रात सहवास गर्न हुन्छ कि हुँदैन धर्मशास्त्र र चिकित्साशास्त्रमा यो प्रश्नको जवाफ फरक-फरक दिइएको छ।

हिन्दू धर्मशास्त्रमा मन भगवानमा मात्र लगाउन गरिने उपवासका बेला भोजन र यौन दुबै सोच्नै नहुने विषय हुन् । चिकित्साशास्त्रले भने धर्मशास्त्रले जस्तो कडाइ गरेको छैन।

शास्त्रले के भन्छ हिन्दूशास्त्र अनुसार उपवासको अर्थ भगवानमा रहने भन्ने हो । दिनभर भगवानमा मन लगाउनेले सहवासको कुरा सोच्नु पनि हुँदैन । यसले त दिमागलाई भ्रष्ट गराउँछ ।इस्लाम धर्मग्रन्थ कुरानमा पनि रमजानका अवसरमा ब्रत बसेका बेला सहवासलाई बर्जित गरिएको छ ।

क्रिश्चियनहरु यसमा जे गर्न पनि स्वतन्त्र छन् । बुद्ध धर्म ग्रन्थले पनि भगवानमा चित्त लगाउनले सहवास गर्नु हुँदैन भन्छ ।हिन्दू धर्मशास्त्र र परम्पराअनुसार हरितालिका तीजमा ब्रत बसेका महिलाले पतिसँग सहवास गर्दैनन् र उनीहरु त्यस दिन पतिसँग सुत्दैनन् भनेको छ । ’उपवास बस्ने भनेकै भोक र कामवासनालाई नियन्त्रण गरेर भगवानमा भक्ति लगाउनका लागि हो, त्यसबेला सम्भोग गर्दा ब्रतको फल प्राप्त हुँदैन ।’

यौन विज्ञहरुको भनाइ धर्मशास्त्रले ब्रत बसेका सम्भोगबाट टाढै बसुन् भने पनि चिकित्सा शास्त्रले भने आफ्नो शारीरिक र मानसिक अवस्था विचार गर्न ब्रतालुलाई सुझाव दिन्छ ।

ब्रत बसेका बेला महिला शारीरिक र मानसिक रुपमा कमजोर एवं थकित हुने यौन विशेषज्ञहरुको भनाइ छ । ’ब्रतका बेला यौन सम्पर्क गर्ने कुरा दुईजनाबीच निर्भर हुन्छ । शारीरिक रुपमा थकान छैन भने सहज वातावरण बनाएर सम्बन्ध राख्दा फरक पर्दैन ।’

उनका अनुसार यौनलाई जटिल रुपमा नबुझी प्रेम अभिव्यक्त गर्ने माध्यमका रुपमा लिए ब्रतले कुनै बाधा गर्दैन । तर, ब्रत बसेका बेला शरीरमा पानी, ग्लुकोजलगायत क्यालोरी मात्रा कम हुने र सहवासमा धेरै क्यालोरी खर्च हुने भएकाले यसले थप कमजोर बनाउन सक्ने ‘तर, एकचित्तले ब्रत बस्दा शरीर फुर्तिलो र चङ्गा हुने भएकाले यौनइच्छा अझ बढ्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah