एजेन्सी – बलिउड क्विन कंगना रनावटको केही समय अगाडि रिलिज भएको फिल्म ‘मणिकर्णिका’ ले बक्स अफिसमा राम्रो कारोबार गर्‍यो। त्यसलगत्तै कंगना तामिलनाडुकी मुख्यमन्त्री जयललिताको बायोपिक फिल्ममा मुख्य भूमिका निभाउने तयारीमा छिन्।

कंगनालाई यो बायोपिकका लागि २४ करोड रुपैयाँ पारिश्रमिक अफर गरिएको छ। यो रकम बलिउड नायिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो। यससँगै कंगना बलिउडकी सबैभन्दा महँगी नायिका बनेकी छिन्।

कंगनाभन्दा पहिला दीपिका पादुकोण बलिउडकी सबैभन्दा महँगी नायिका थिइन्। दीपिकाले फिल्म ‘पद्मावत’ का लागि ११ करोड रुपैयाँ लिएकी थिइन्। दीपिकाभन्दा अगाडि प्रियंका चोपडा बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने नायिका रहेकी थिइन्।

दुई वटा भाषामा बन्दै गरेको यो फिल्म जयललिताको जीवनीमा आधारित छ। जयललिता फिल्म क्षेत्रका साथै भारतीय राजनीतिमा ख्यातिप्राप्त नाम हो। तमिल, तेलुगु र कन्नड फिल्ममा अभिनय गर्नुका साथै उनी १९९१ देखि २०१६ सम्म तमिलनाडुकी मुख्यमन्त्री बनेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah