काठमाडौं / मोवाइल फोन ट्याक्लेटले शरीरको ढाँचा बिगाारिरहेका छन् । अस्ट्रेलियाको सनशाइन कोस्ट विश्वविद्यालयमा भएको अनुसन्धानमा यसको खुलासा भएको हो ।

अनुसन्धानकर्ताका अनुसार यस्ता उपकरणको अधिक प्रयोग गर्दा घाँटीको पछिल्लो भागमा एउटा अतिरिक्त चुच्चो हड्डी देखिएको छ । यसलाई टेक्स्ट नेक नाम दिइएको छ । यसको आकार २.६ सेन्टिमिटरसम्म पाइएको छ । मोवाइल र ट्याब्लेट धेरै प्रयोग गर्ने १ हजार भन्दा धेरैको टाउको स्क्यान गर्दा यो कुराको पुष्टि भएको हो ।

शोधकर्ताहरुले १८ देखि ८६ वर्षसम्मका व्यक्तिहरुमा अनुसन्धान गरेका थिए । अनुसन्धानमा १८ देखि ३० वर्षको उमेरमा यस्तो समस्या बढी भएको पाइयो । शोधर्ता डा डेभिड सहरका अनुसार घाँडीमा चुच्चो हड्डी विकसित भएका घटना विगत एक दशकदेखि देखिएका छन् । यही समय मोवाइल फोन लगायतका ग्याजेटको अत्याधिक विकास भएको छ ।

यस्ता ग्याजेट प्रयोग गर्दा टाउको धान्नको लागि घाँटीबाट पिठ्युँतिर गएका मांसपेशको बढी प्रयोग हुन्छ । टाउकोको तौल करिब ५ किलो हुन्छ । यसको भार यिनै मांसपेशीमा पर्छ । यो भारलाई कम गर्नको लागि घाँटीको पछिल्लो भागमा नयाँ हड्डी विकसित भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah