‘प्रिय मित्र,

केही मेरा साथीहरु चाहन्छन् कि म तपाईँलाई चिठी लेखुँ तर मलाई लाग्छ कि यो गल्ती हुनेछ । तर केही छन्, जो चाहन्छन् कि म धेरै बढाइचढाइ नगरिकन आफ्ना कुरा तपाईँसँग राखुँ ।

यो समय तपाईँ त्यस्तो व्यक्ति हो, जसले मानवताका लागि युद्ध (विश्व युद्ध) रोक्न सक्नुहुन्छ । यसको मूल्य तपाईँले अवश्य नै चुकाउनु भएको होला ? फेरि पनि तपाईँ युद्धलाई जानेर या बुझेर अस्वीकृत गर्ने व्यक्तिको अपिल सुन्नुहुन्छ ?’ तपाईँको साथी, एम. के. गान्धी ।

दोस्रो विश्वयुद्ध भयावह नहोस् भनेर महात्मा गान्धीले २३ जुलाई १९३९ मा जर्मन तानाशाह हिटलरलाई यो चिठी लेखेका थिए । यसपछि उनले २४ डिसेम्बर १९४९ मा हिटलरको नाममा अर्काे एउटा चिठी लेखेका थिए, जसमा युद्धलाई परित्याग गर्ने र अहिंसा, शान्ति, सत्याग्रह जस्ता कुरा लेखिएको थियो ।

 

तर रिपोर्टका अनुसार बेलायती व्यवस्थाले ती दुवै चिठी हिटलरसम्म पुग्न पाएन । उता ऐतिहासिक रुपमा हिटलरले महात्मी गान्धीलाई कुनै पनि पत्र लेखेनन् या कुनै जवाफ दिएनन् । अब यी पत्रहरुलाई कसरी लिन सकिन्छ ? गान्धी र युद्धलाई कसरी बुझ्नुपर्छ ?

के हिटलर गान्धीको हत्या चाहन्थे ?

युद्धलाई लिएर कुरा गर्नुअघि यो जान्नु जरुरी हुन्छ कि हिटलर र गान्धी त्यस समयको दुई विरोधी ध्रुव थिए । एकातर्फ गान्धीले दुइटा पत्रमा हिटलरलाई ‘मित्र’ सम्बोधन गर्दा हिटलरले गान्धीका बारेमा के सोचे ? कोएन्राड अल्स्टको एउटा लेखलाई मान्ने हो भने हिटलरको मनसाय गान्धीलाई सिद्ध्याउनु थियो । भारतका गभर्नरसमेत भैसकेका इरविनसँगको सन् १९३७ को एक बैठकमा हिटलरले बेलायतले आफूलाई साथ दिएको खण्डमा बेलायती शासन बचाउन साथ दिने बताएका थिए ।

गान्धीलाई यसबारेमा थाहा नहुँदा उनले हिटलरलाई ‘मित्र’ भनिरहेका थिए । यदि गान्धीजस्ता मानवतावादीले हिटलरलाई मित्र भनेर सम्बाेधन नगरेको भए ठूलो प्रश्न सिर्जना हुन सक्थ्यो । कारण थियो, गान्धी युद्ध नचाहने शान्तिका पक्षधर थिए ।

युद्धको बीचमा गान्धीको जिन्दगी

जब गान्धीले एक सामाजिक कार्यकर्ता र जननायकको रुपमा आफ्नो छवि बनाउन सुरु गरेका थिए, त्यहाँबाट नै गान्धीको सामाजिक र राजनीतिक जिन्दगी सुरु हुन्छ । रंग र जातिवादविरुद्धको युद्धबाट सुरु भएको गान्धीको जीवन लगातार युद्धमा नै बित्यो । प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धको बीच अंग्रेजी शासनको विरुद्ध भारत आफै युद्धरत थियो । गान्धीको जिन्दगी लगातार युद्धसँग जोडिए पनि उनको विचार, शान्ति र अहिंसाको सिद्धान्तमा कुनै आँच आएन र अझ मजबुत हुँदै अघि बढिरहे ।

यो कुरालाई सम्झिनुको अर्थ विश्वमा जीवन विरोधी विचार नै द्वन्द्व हो । एउटा कठोर सत्यता हो, एउटा आदर्श सपना हो ।

गान्धी जयन्ती र युद्धको स्थिति

बुधबार २ अक्टोबरमा गान्धीको जन्म जयन्तीको १५० औँ वर्षगाँठ मनाइँदैछ । तर गान्धी जयन्ती मनाइरहँदा उनको आदर्शलाई कतिले अनुशरण गरे त ? परिस्थिति पनि यस्तै छ, अमेरिका र चीनबीच व्यापार युद्ध जारी छ । चीनले कम्युनिष्ट शासनको ७०औँ वर्ष मनाइरहँदा मिसाइलको प्रदर्शन गर्‍यो, जसले आधा घण्टामा अमेरिकालाई निशाना बनाउन सक्थ्यो ।

अमेरिका र इरानबीच पनि युद्धको स्थिति बनेको छ । भारत र पाकिस्तानबीच मनमुटाव छ र परमाणु आक्रमणसम्मको आशंका उब्जेको छ । उता कोरियाली देश पनि युद्धलाई लिएर बयान दिँदै आइरहेका छन् । युद्धको पृष्ठभूमिमा नै शान्ति, अहिंसा र सौहार्दको कुरा गर्न सकिन्छ, यसका लागि गान्धीलाई पढ्नुभन्दा धेरै सम्झिनु जरुरी छ ।

हिटलरलाई लेखिएको दोस्रो पत्रमा गान्धीको शब्द थियो, ‘अहिंसाको बाटोमा हार्ने भन्ने कुरा नै हुँदैन, यो ‘गर या मर’जस्तो स्थिति हो, जसमा कोही पनि घाइते हुँदैनन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah