एजेन्सी / यस वर्षको ब्लकबस्टर फिल्म ‘कबीर सिंह’ पछि कुनै फिल्ममा अनुबन्ध नभएका अभिनेता शाहिद कपूरको नयाँ फिल्मको औपचारिक निर्माण घोषणा भएको छ । उनले पुनः तेलुगू फिल्म ‘जर्सी’ को हिन्दी रिमेकमा लिड रोल प्ले गर्ने भएका छन् । यो फिल्म यस वर्षको २८ अगस्टमा प्रदर्शनमा आएको थियो । उक्त फिल्मका लागि शाहिदले ठूलो रकम बुझेको बताइएको छ ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार, हिट फिल्म ‘जर्सी’ को हिन्दी रिमेकका लागि निर्माताले शाहिदलाई ३५ करोड पारिश्रमिक दिएका छन् । फिल्मसँग सम्बन्धित ट्रेड एक्सपर्टका अनुसार, ३५ करोडसँगै फिल्मको नाफाको ३० प्रतिशत पनि लिने सर्तमा उनले यो फिल्म गर्न लागेका हुन् । बलिउडमा विशेषगरि तीन खानले पारिश्रमिकसँगै नाफा पनि लिने गरेका छन् ।

नानीको सुपरहिट फिल्म ‘जर्सी’ को हिन्दी रिमेकमा काम गर्नका लागि शाहिद निकै उत्साहित छन् । उनलाई ओर्जिनल फिल्म निकै मन परेको थियो । योभन्दा अगाडि उनी तेलुगू सुपरस्टार विजय देवरकोन्डाको ब्लकबस्टर फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक ‘कबीर सिंह’ मा देखिएका थिए । यो फिल्मको हिन्दी रिमेकले पनि बक्सअफिसमा जबरजस्त व्यापार गरेको थियो ।

‘कबीर सिंह’ को सफलतापछि शाहिदको स्टारडम उत्कर्षमा पुगेको छ । जसकारण उनले आफ्नो पारिश्रमिक दुई गुणा बढाएका छन् । ‘जर्सी’ को हिन्दी रिमेकलाई गौतम तिन्नानुरीले निर्देशन गर्दैछन् । उनी यो फिल्मका लागि शाहिद नै उत्कृष्ट छनोट रहेको बताउँछन् । यो फिल्म एक स्पोर्ट्स ड्रामा हो । साउथ एक्टर नानीले यसमा क्रिकेटरको भूमिका निभाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah