काठमाडौं/ पछिल्लो समय टिकटकमा झुमिने नेपालीहरुको कमि छैन । युवायुवती होस् या वृद्धवृद्धा टिकटकमा देखिइरहेका हुन्छन् । कसै–कसैकालागि त टिकटक नशाजस्तै बनेको छ । टिकटकले कसैको जीवनमा राम्रो प्रभाव पारेको छ भने कसैलाई भाइरल हुने नाममा गिज्याएको छ । विश्वका धेरै मुलुकमा इन्टरनेटको प्रयोग गर्दा सावधानी अपनाइन्छ, लाइभ सिस्टमलाई मान्यता नै दिइएको हुँदैन । तर, नेपालमा सञ्चार प्रविधिको सदुपयोग भन्दा दुरुपयोग बढी भएको टिप्पणी हुन थालेका छन् । टिकटकमा आउनेको कुनै तह र वर्ग छैन सामान्य भन्दा सम्भ्रान्त वर्गका मानिसहरुको समेत टिकटक प्यासन बनेको छ भन्दा अत्युक्ति नहोला ।

अहिले बजारमा एक अर्को टिकटक घटनाले चर्चा कमाएको छ, पूर्व युवराज पारस शाहको टिकटक भिडियो भाइरल बनेको छ । सुमन नामको अकाउन्टबाट अपलोड गरिएको भिडियोमा पूर्वयुवराज पारस शाह आफ्ना एक शुभेच्छुकसँग तर्क गरिरहेका देखिन्छन् । भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई आफूलाई राजावादी नभन्न भन्दै सबै जना नेपाली भएको बताएका छन् ।
‘यो वादी उ वादी भनेर छुट्याउने हैन सबै नेपाली हो’ बुलेट मोटरसाइकलमा हेलमेट लगाएर बसिरहेका पारसले भनेका छन् । तर, १५ सेकेन्डको यो भिडियोको इन्डिङ अर्कै तरिकाले हुन्छ । अलि परबाट एक सुन्दरी आउँछिन् र सरासर पारसको मोटरसाइलको पछाडि सिटमा बस्छिन् । पारसले आफ्नो बाइक स्टार्ट गर्छन् र हुँइकिन्छन् ।

पारसको पछाडिको सिटमा बस्ने ती अपरिचित युवती भने होइनन् । उनी यूट्यूवर सोनिका रोकाया हुन् । यूट्यूवमा उछृङ्खल र अश्लिल संवादहरुको भिडियो बनाएर चर्चामा आएकी उनी पछिल्लो समय पूर्वयुवराज पारससित बारम्बार देखिन थालेकी छन् । योभन्दा अगाडि पनि एउटा नाइट क्लवमा पारस पृष्ठभूमिमा देखिने गरी सोनिकाको केही टिकटक भिडियो आएका छन् ।

पारसको लामो समयदेखि पत्नी हिमानीसँग सम्बन्ध राम्रो छैन । बैंककमा बस्दा उनी एक थाई युवतीसँग प्रेममा थिए । नेपाल फर्किएपछि पनि उनी सुध्रिएको लक्षण देखिँदैन । पछिल्लो समय सोनिकासँग पारसको निकटतालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । कतिपयले उनीहरु प्रेममा परेको अड्कल पनि काटेका छन् ।

त्यसो त सोनिकासँग पारसको मित्रता मात्रै पनि हुन सक्छ । क्लबमा सँगै बस्दा वा वाइकमा सँगै हिँड्दा त्यो प्रेम प्रमाणित हुँदैन । फेरि सोनिका जसरी हुन्छ चर्चामा आउन चाहने युवती हुन् । उनले चर्चाकै लागि पारसलाई अस्त्र बनाउन खोजेको पनि हुन सक्छ ।
भिडियोमा धेरैले पूर्वयुवराज जस्तो व्यक्तिले एउटी युवतीसँग यसरी जोडिएर हिँड्नु शोभनीय नदेखिएको टिप्पणी गरेका छन् । कतिले चाहिँ ‘देख्यौ त तिमीहरुका राजारानी ?’

राजावादीहरुलाई व्यंग्य पनि गरेका छन् । भाइरल भिडियो पोखराको भए पनि कहाँनेरको र कहिले खिचिएको हो भन्ने चै खुलेको छैन । जनतापाटिबाट साभार

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah