आलिया भट्टलाई धेरैले नसोचिकन बोल्ने नायिकाको उपमा दिएका छन् । हालै उनीमाथि ठ्याक्कै यस्तै भएको छ । एक कार्यक्रमका बेला आलियाको मुखबाट करिनाको तारिफ गर्दागर्दै अश्लील शब्द (एफ वर्ड) निस्कियो ।

आलिया केही दिन अघि करिना कपुर खान र करण जोहरसँग जियो मामी फिल्म फेस्टिबलमा समावेश भइन् । यतिबेला करणसँगको कुराकानीमा एक प्रश्नको जवाफमा आलियाले करिनाको तारिफ गर्न सुरु गरिन् । आलियाले भनिन्, ‘करिनाले एकपछि अर्को फिल्ममा काम गरिरहेकी छिन् । मानिसहरु भन्छन् कि विवाह भएपछि जीवन थोरै स्लो हुन्छ तर करिनाको यस्तो भएन । कतिले बच्चा भएपछि जीवन स्लो हुन्छ पनि भन्छन् तर उनको यस्तो पनि भएन । उनी सधैंझैँ हाम्रो लागि प्रेरणा बनेकी छिन् । मेरोलागि मात्र होइन मेरा साथीहरुका लागि पनि ।’

आलियाले थपिन्, ‘हामी सधैं उनको तस्बिर हेर्‍छौं र उनको जिम लुकको तारिफ गर्छौं । हामी सोच्छौं कि उनी कति हट छिन् । उनी कहिले यति सुन्दर र हट देखिन बन्द गर्छिन् ? यहाँसम्म कि उनी ट्र्याक पाइन्छ, चप्पल र टिसर्टमा पनि उत्कृष्ट देखिन्छिन् ।’ यति भन्दा भन्दै आलियाको मुखबाट अश्लील शब्द निस्कन्छ जुन सुनेर करिनाले आफ्नो हात मुखमा राख्दै भनिन्, ‘भर्खरै के भयो ?’ करणले पनि दोहोराएर उनले के भनिन् भनेर सोधे ? जब यसबारे थाहा भयो कडा स्वरमा आलियालाई भने, ‘के मैले तिमीलाई यसरी नै हुर्काएँ ?’

आलियाले आफ्नो मुख छोपेर बेस्सरी हाँसिन् । भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah