अहिले कपिल शर्मा आफ्नो शो को सफलताको खुशी मनाइरहेका छन । कपिल श्रमको शो टीआरपी चार्टको टपमा रहेको छ । गत दिनको शोमा प्रियंका चोपडा उपस्थित भएकी थिइन् । त्यो भन्दा पहिलेको शोमा वार फिल्मको प्रमोशनको लागि टाइगर श्राफ र ऋतिक रोशन आएका थिए ।
यही शोमा कपिल शर्मा शोकि जज अर्चना पूरन सिंहले कपिल शर्मालाई रमाइलो प्रश्न गरिन, यदी फिल्ममा किस सिन् आयो भने के गर्नुहुन्छ ? यसको जवाफ सुनेर अर्चना पनि चुप लागिन।
खासगरी कपिल शर्मा शोमा टाइगर श्राफ आउदा उनलाई धेरै प्रश्नहरु गरिरहेका थिए । यसै बिच अर्चनाले सोधिन तपाईलाई शर्त र राखियो कि फिल्म पनि गर्नु छ र यसमा किसिंग सिन पनि हुने छ , यस्तोमा तपाई के गर्नु हुन्छ ? य यो प्रश्न पछि सबैलाई लागेको थियो कि विवाहित कपिलले यसको जवाफ लजाउदै ड दिने छन त् तर उनले तत्कालै जवाफ फर्काइ हाले कि ‘ अरे थाहा त होस म गोजीमा ब्रस बोकेर घुम्छु ।’ यो जवाफ सुनेर अर्चना पनि चुप लागिन।आज तकबाट साभार



