एजेन्सी / धेरै विद्यार्थीहरू सरकारी स्कुल पढ्ने भएकाले अंग्रेजी बोल्न गाह्रो हुन्छ । उनिहरुलाई अंग्रेजी सिक्न गाह्रो भइरहेको हुन्छ । अहिलेको समयमा अंग्रेजी सिक्नु धेरै महत्त्वपूर्ण रहेको छ। अंग्रेजीमा आउँदा आत्मविश्वास बढ्छ, अर्कोतर्फ, धेरै क्यारियर विकल्पहरू खोलिन्छन्।

अंग्रेजीले पनि तपाईंको व्यक्तित्व बृद्धि गर्दछ र तपाईं आफ्नो राय सबैको अगाडि पूर्ण विश्वासका साथ राख्न सक्षम हुनुहुन्छ। अंग्रेजी सजीलै सिक्न सकिन्छ। सरल रूपमा, तपाईले यसलाई नियमित रूपमा पढ्नु पर्छ। यसको साथ, तपाई धेरै काम गरेर आफ्नो अंग्रेजी सुधार गर्न सक्नुहुन्छ।

१ व्याकरणमा ध्यान दिने ।
हरेक किताबहरुमा व्याकरण रहेको हुन्छ । यदि तपाईले अंग्रेजी व्याकरणलाई ध्यान पढ्नुभयो भने सजीलै अंग्रेजी सिक्न सकिने छ । व्याकरणलाई दैनिक रुपमा पढ्ने र बुझ्ने कोसिस गर्नुपछ । बजारमा अंग्रेजी सुधार गर्ने धेरै पुस्तकहरू उपलब्ध रहेका हुन्छन् उक्त किताबहरु किनेर पढ्ने बानी बसाल्नु पर्छ ।

२ अंग्रेजी समाचारहरु पढ्न कोसिस गर्ने ।
यदि तपाई अंग्रेजी सिक्न चाहानुहुन्छ भने तपाईले दैनिक अंग्रेजी समाचार पढ्नु पर्छ। सुरुमा तपाई कम बुझेपनि बिस्तारै तपाईले ती शब्दहरू चिन्न थाल्नुहुनेछ र त्यसपछि अखबार पढ्न सजिलो हुनेछ। जसले दैनिक रुपमा अंग्रेजी समाचार पत्रहरू दैनिक पढ्छन् तिनीहरूको अंग्रेजी स्वत सच्चिदै जान्छ ।

३ शब्दकोश को उपयोग गर्ने ।
यदि तपाइँ अंग्रेजी शब्दहरूको अर्थ बुझ्नुहुन्न भने, तपाईं शब्दकोश मा हेरेर तिनीहरूलाई सम्झन सक्नुहुन्छ। यसले बिस्तारै तपाईको अंग्रेजी सिक्ने आत्माविश्वास बढाउँछ । आजकल, अफलाइन शब्दकोश फोनमा नै उपलब्ध हुन्छन्,त्यसमा सजिलै कुनै पनि शब्दको अर्थ थाहा पाउन सकिन्छ ।

४ घरमा घरमा अंग्रेजीको प्रयोग गर्ने ।
घरमा बस्दा,काम गर्दा अंग्रेजी बोल्नु पर्छ। घरमा साना भाई,बैनीसंग अंग्रेजीमा कुरा गर्ने प्रयास गर्नुपर्छ । यसले तपाई र साना भाई,बैनी दुबैलाई फाइदा हुनेछ ।

५ अंग्रेजी बोल्ने साथीहरू बनाउने ।
तपाईंले अंग्रेजी बोल्ने साथीहरू बनाउनु पर्छ। यदि तपाईं उनीहरूसँग अंग्रेजीमा कुरा गर्नु सक्नुभयो भने, तपाईं सजिलैसँग अंग्रेजी सिक्न सक्नुहुनेछ।

६ अंग्रेजी कथाहरु भएका किताबहरू पढ्ने ।
सबैलाई कथा पढ्दा रमालो महसुस हुन्छ । छोटो कथाहरू अंग्रेजीमा पढ्नुपर्दछ । यसलबाट नयाँ नयाँ शब्दहरू सिक्ने अवसर प्राप्त हुनेछ तपाईंको अंग्रेजी अझ मजबुत हुनेछ।

७ अंग्रेजी न्युज च्यानल हेर्ने ।
अंग्रेजीमा न्युज च्यानलहरू हेर्नु धेरै फाइदाजनक छ। तपाईं जति धेरै अंग्रेजी सुन्नुहुन्छ, भाषा सिक्ने तपाईंको सम्भावना त्यति नै बढ्दै जान्छ। यसका साथ तपाईले बोल्ने शब्दहरूको टोन पनि सिक्नुहुनेछ। यसले तपाईंको व्यक्तित्व विकास गर्न सहयोग गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah