जे देखियो त्यो लेखियो
बिष्णुप्रसाद पोखरेल
झापाको दमकमा निर्वाचनको बिरोध गरिरहेका संघीय गठबन्धनका लाठि जूलसले गर्दा दमकको गणतन्त्र चोक लाठिमय बन्यो । प्रहरीले हस्तक्षेपको गरेको प्रयास निरर्थक बन्यो । सयौको संख्यामा थेग्न नै नसक्ने गरि आन्दोलनकारी निस्किएपछि बाध्य भएर प्रहरी ब्याक सर्यो । आन्दोलनकारी र प्रहरीको संयमताले ठूलो दूर्घटना तथा मुटभेड शुरु देखि नै बनेन ।
सयौको संख्यामा लाठी जूलुस निस्केपछि कति अचम्मित बनेको पाइन्थ्यो । बाक्लो सुरक्षाकर्मीको उपस्थितिले केहि अप्रीय घटना हुने हो की चिन्ता पनि कतिमा पाइन्थ्यो । दमकको मुख्य गणतन्त्र चौकमा लाठि सहित फाट्फुट्ट प्रदर्शनकारीहरु निस्केपछि प्रहरीले लाठी खोस्न थालेको थियो । त्यसपछि सयौको संख्यामा ठूलाठूला हरिया बाँसका लाठी लिएर हुर्र प्रदर्शनकारी निस्केपछि प्रहरी बाध्य भएर ब्याक सरेको थियो ।
बजार परिक्रमा गरेर फर्कने क्रममा दमकको पशुहाटको मुखमा हस्तक्षेप प्रयास गरेपनि त्यो पनि बिफल भएको थियो । आक्रमक रुपमा प्रदर्शनकारीहरु प्रहरीमाथि नै खनिएका थिए । आन्दोलनकारीहरुले प्रहरी र प्रहरीको भेनलाइ निशाना बनाउन खोज्दा आन्दोलनका अगुवाइ गरेकाहरुले कार्यकर्ताहरुलाइ रोकिरहेका थिए ।
सम्यमित हुनका लागि अपिल गरिरहेका थिए । प्रहरी र चोकमा रोकेको प्रहरी भेनमा जाइलाग्नेलाइ सम्झाउदै गरेको पनि देखिन्थ्यो । आक्रोशित प्रदर्शनकारीहरुले दमकको मूख्य गोलो चोकमा लठ्ठि बजार्दै रिस पोखिरहेका थिए । आन्दोलनका अगुवाइ गरेका नेताहरु भौतिक क्षति हुन नदिनका लागि खटिरहेको देखिन्थ्यो ।
प्रहरीको हस्तक्षेप प्रयास असफल भएपछि उत्साहित भएर प्रदर्शनकारीहरुले दमकको आकाशेपूलमा आएर कोणसभा गरेका थिए । आन्दोलनको नेतृत्व गरेका कुमार लिङदेनलाइ कार्यकर्ताहरुले कडा सुरक्षा घेरामा राखेर अग्रभागमा हिडाएका थिए । उनले पनि हातमा लठ्ठि बोकेका थिए । उनले अब आन्दोलन नरोकिने र सरकारसंग मुकावाला गर्ने भाषण गरे ।
सरकारले बैशाख ३१ मा गर्ने भनिएको स्थानीय तहको निर्वाचन रोकिनु पर्ने र आफूहरुले राखेका माग पुरा गरिनु पर्ने भन्दै उनिहरुले नारावाजी गरेका थिए । प्रर्दशनमा पार्टीका जिल्ला देखि केन्द्र तहसम्मका नेता कार्यकर्ताहरुको सहभागिता देखिन्थ्यो ।
https://www.youtube.com/watch?v=sLyYyK3ox-U&feature=youtu.be



