कुनै समयकि चर्चित नायिका निशा अधिकारी अहिले नेपाली सिने क्षेत्र वाट टाढा रहेपनि सामाजिक सञ्जालमा निक्कै सक्रिय रहेकी छिन । हाल अमेरिकामा रहेकि निशाले महिलाहरुमा जनचेतना जगाउनका लागि समाजिक संजालबाटै अभियान चलाएकि छिन् ।
उनले हालै इन्स्टाग्राममा स्तनपानको तस्बिर सार्वजनिक गरेकि छिन् ।उनले आफ्नो छोरा युभनलाई दुध पिलाएको तस्बिर सार्वजनिक गरे पछि सामाजिक उनको बारेमा अनेक टिप्पणी भएका छन् । विगतमा पनि ‘बेबी बम्प’ को फोटोहरु प्रदर्शन गरेकि थिइन् । तर, उनले फोटो प्रदर्शन गर्नुको कारण जनचेतना फैलाउनु रहेको बुझिएको थियो ।निशा केही वर्ष अघि क्रिक्रेटर शरद भेषावकरसँग वैवाहिक सम्बन्धमा बाधिएकी थिइन् ।



