नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधनबारे सोच्न सकिने  बताएका छन् ।  निर्वाचनमा अड्को थाप्ने र निर्वाचनसँग असम्बन्धित विषय अघि सारेर अल्मल्याउने काम गर्न नहुने जनाउँदै तोकिएको समयमा एकै चरणमा निर्वाचन हुनुपर्ने  उनको भनाई छ । सरकारले संविधान संशोधनको नयाँ विधेयक एक साताअघि व्यवस्थापिका–संसद्मा दर्ता गरेको थियो ।
अध्यक्ष ओलीले भने, ‘वैशाख ३१ गतेको स्थानीय निर्वाचन हुन्छ भन्नेमा ‘बट र इफ’ भन्ने हुँदैन । यो लोकतन्त्रका लागि भात खानु जस्तै हो । यसमा सबैले भाग लिएर जनताका बीचमा निर्वाध आफ्ना कुरा राख्न म आग्रह गर्दछु ।’ दुई चरणमा स्थानीय निर्वाचनको सम्भावनाबारे सोधिएको प्रश्नमा  उनको  जवाफ थियो, ‘दुई चरणमा त हुन्छ, अहिले स्थानीयको हुन्छ, कात्तिकमा प्रदेशको हुन्छ ।’
ओलीले स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकको सुझावअनुसार आफ्नो हर्नियाको शल्यक्रिया गरिएको र त्यो सफल भएको  बताए । अध्यक्ष ओलीलाई पार्टीका उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्बाङलगायतले स्वागत  गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah