काठमाडौं / साताको दोस्रो दिन आज सोमाबर नेपाली बजारमा सुनको मूल्य यथावत रहेको छ । हिजो आइतबार प्रतितोला ७० हजार ४ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ७० हजार ४ सय रुपैंयामा नै कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार एक सय रुपैंयामा कारोबार भैरहेको छ । त्यसैगरी आज चादीको भाउ पनि स्थिर रहेको छ । हिजो प्रतितोला ८ ५० रुपैंयामा कारोबार भएको चाँदी आज पनि सोहि मुल्यमा नै कारोबार भैरहेको रहेको महासंघले जनाएको छ ।



