एजेन्सी / यदि तपाई दिनमा सुत्नुहुन्छ भने अव त्यसलाई विचार पुर्याउनुस । एक अनुसन्धानले दिनमा एक घण्टा भन्दा बढी सुत्नेलाई टाइप २ को डायबेटिज हुने खतरा औल्याएको छ ।
यूनिभर्सिटी अफ टोक्योका अनुसन्धानकर्ताले ३ लाख भन्दा बढीको भागदार रहेको २१ ओटा अध्ययनले यो कुरा पुष्टि गरेको हो । अनुसन्धानका अनुसार दिनमा ६० मिनेट भन्दा बढी निदाउनु स्वास्थ्यको लागि निकै हानिकारक रहेको छ ।
तर दिनमा सुत्नुछ भने ४० मिनेट भन्दा कम सुत्यो भने त्यसले डायबेटिजको समस्या ल्याउदैन् । अनुसन्धानकर्ताले भनेका छन् दिनको लामो निन्द्राको परिणाम रातमा निन्द्रा नलाग्नु पनि हुन्छ । यही निन्द्रासँग जोडिएको बिमारीमा मुटुको रोग, ब्रेनह्यामरेज जस्ता समस्या पनि निम्त्याउँछ । निद्रा पुरा नहुदा धेरै भोक लाग्ने हुन्छ जसले डायबेटिजको खतरालाई जनाउँछ ।



