भारतले नेपाललाई दिएको कडा दबाबका कारण नेपाल र चीनबीच जारी संयुक्त सैन्य अभ्यास सानो आकारमा खुच्याउन बाध्य हुनुपरेको चीनले जनाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखमा नेपाल र चीनबीच सुरुमा बटालियन तहमा संयुक्त सैन्य अभ्यास गर्ने योजना रहेपनि भारतले नेपाललाई दिएको दबाबका कारण सानो आकारमा अभ्यास गर्नुपरेको जनाइएको छ ।

नेपाली सेनाले सानो आकारको चीनसँग संयुक्त सैन्य तालिम भइरहेको जनाउँदै उक्त अभ्यासमा कति जना चिनियाँ र नेपाली सैनिक सहभागी छन् समेत खुलाउन नचाहेका बेला चिनियाँ प्रतिक्रिया आएको हो ।
भारतले नेपाललाई दिएको दबाबकै कारण संयुक्त सैन्य अभ्यास नेपाली सेनाको प्यारा तालिम केन्द्र काठमाडौंमा आयोजना गर्नुपर्ने अवस्था आएको उक्त लेखमा उल्लेख छ।

यति सानो खालको सैन्य अभ्यासलाई पनि भारतीय सुरक्षा रणनीतिका विश्लेषक र मिडियाले अनावश्यक चासो दिएको लेखमा उल्लेख छ ।

‘एक मित्रवत् छिमेकीका नाताले नेपालसँग सैन्य अभ्यास गर्नु चीनका लागि सामान्य घटना हो’ लेखमा भनिएको छ ‘यस खालका सैन्य अभ्यास विश्वमा धेरै देशबीच हुने गर्छन्। जस्तो कि भारत र चीनबीच पनि यसखालको सैन्य अभ्यास हुने गरेका छन् ।’

दक्षिण एसिया आतंकवादबाट ग्रस्त क्षेत्र रहेकाले पनि यस खालका अभ्यास क्षेत्रीय स्थिरताका लागि महत्वपूर्ण रहेको चिनियाँ बुझाई छ। नेपाल र चीनबीच हालैका दिनमा निकट आर्थिक सम्बन्ध रहेको र नेपालले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहभागी हुन चाहेको र त्यसका लागि क्षेत्रीय स्थिरता आवश्यक रहेको सन्दर्भमा यो सैन्य अभ्यास भएको लेखमा उल्लेख छ ।

नेपालमा दुई बर्षअघि गएको विनाशकारी भूकम्पमा व्यापक क्षति व्यहोरेको र त्यसपछिको राहत वितरणमा चीनको सहयोगले गहिरो छाप छाडेको सन्दर्भ उल्लेख छ । नेपाल भूकम्पबाट उच्च जोखिममा रहेको तथा अन्य खालका दैवी प्रकोप भइरहने अवस्था रहेको लेखमा उल्लेख छ।

नेपाल र चीनबीच जारी सैन्य अभ्यासबाट एक अर्काले विपत्तिको समयमा कसरी प्राबिधिक रुपमा काम गर्ने भन्ने अनुभव सिक्ने मौका पाएको लेखमा जनाइएको छ।

‘सैन्य अभ्यासबाट यो पुष्टि हुन्छ कि नेपाल र चीनबीचको द्विपक्षीय संबन्ध राजनीतिक, आर्थिक, सांस्कृतिक हुंदै सैन्य र रक्षा क्षेत्रमा विस्तार भएको छ’ लेखमा भनिएको छ ‘तर चीनका लागि यो सेन्य अभ्यास राष्ट्रपति सि जिनपिङ्ले अघि बढाएको राष्ट्रिय सुरक्षा अवधारणाको एउटा मात्रै पक्ष हो।’

वैशाख ३ गतेदेखि नेपाली सेना र चिनियाँ जनमुक्तिी सेनाबीच सुरु भएको नेपाल–चीन संयुक्त सैन्य अभ्यास आगामी १२ गतेसम्म चल्नेछ ।

प्रतिआतंकवाद र विपद् व्यवस्थापनामा सहकार्य मुख्य उद्देश्य रहेको यो अभ्यासलाई ‘सगरमाथा फ्रेन्डसिप २०१७’ नाम दिइएको छ। नेपाल र चीनबीच पहिलोपटक सैन्य अभ्यास भएको हो। यसअघि नेपाली सेनाले भारत र अमेरिकासँग सैन्य अभ्यास गरेको थियो।नेपाली सेनाले चीनसँग सैन्य कुटनीति विस्तारका क्रममा बिशेष संयुक्त सैन्य तालिम भइरहेको जनाएको छ ।

चीनसँगको संयुक्त सैन्य अभ्यास नेपालका लागि गहन महत्वको रहेको र यसबाट प्रमुख विश्व शक्तिसँग नेपालले सन्तुलित कूटनीति अघि बढाएको लेखमा उल्लेख छ। ‘सन् १९९० देखि सन्तुलित कूटनीति नेपालको विदेश रणनीतिको आधारभूत सिद्दान्त बनेको छ। यसखालको सिद्दान्त नेपालको राष्ट्रियता र भारत विरोधी भावनाबाट स्थापित हुन पुगेको छ’ लेखमा भनिएको छ ।

‘नेपाल राजनीतिक, सांस्कृतिक र अन्य कारणले भारतसँग निर्भर रहनु तथा भारतले नेपाललाई आफ्नो प्रभाव क्षेत्र बीच राखिरहने महत्वाकांक्षाबाट कतै मुलुकको हालत सिक्किम झैँ हुने हो भन्ने आशंका नेपालका जनतामा व्याप्त रहेको स्थिती छ’ लेखमा भनिएको छ ।

सैन्य अभ्यासले नेपालमा विखण्डनको प्रतिरोध गर्न योगदान

नेपाल यतिबेला राष्ट्रिय विखण्डनबाद, आतंकवाद र अतिवादबाट चिन्तित रहेको उल्लेख गर्दै चीनसंगको संयुक्त सैन्य अभ्यासले नेपालमा जातिय विखण्डनको प्रतिरोध गर्न महत्वपूर्ण योगदान मिल्ने लेखमा जनाइएको छ । ‘नेपाल र चीन दुवैका लागि क्षेत्रीय शान्ति र राष्ट्रिय स्थायित्व कायम गर्नका लागि यो सैन्य अभ्यास केन्द्रित छ’ लेखमा भनिएको छ। नेपालले भारतलाई नचिढ्याउने रणनीति लिएको उल्लेख गर्दै नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यासले भारत र नेपाल बीचको १९५० को शान्ति र मैत्री सन्धिको उल्लंघन नगरेको लेखमा जनाइएको छ ।

‘भौगोलिक, राजनीतिक, आर्थिक, ऐतिहासिक, धामिर्क र सांस्कृतिक कारणले नेपालमा चीनको भन्दा भारतको निकै बढी प्रभाव छ। नेपालले भारतसँग आर्थिक संबन्ध तोड्न नसक्ने अवस्था छ’ लेखमा भनिएको छ।

भारतीय सुरक्षा र रणनीतिक वृत्तले नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यासमा अनावश्यक चासो दिनुलाई भारतको लामो समय देखिको ‘बडप्पनको मानसिकता’ को उपजको रुपमा चीनले लिएको छ ।

नेपाल र भुटानलाई आफ्नो प्रभाव क्षेत्रको तथा चीन बिरुद्द ‘रणनीतिक बफर जोन’ का भारतले लिने गरेको लेखमा जनाइएको छ। ‘भारतले नेपाल र भुटानसंगको चीनको संबन्धलाई भूराजनीतिक तथा शीतयुद्दकालिन मानसिकताबाट हेरिरहेका छ। नेपालले विगतमा भारत र अमेरिकासँग सैन्य अभ्यास गरेकै हो’ लेखमा छ ।

चीन, नेपाल र भारतबीचको त्रिपक्षिय सहकार्यबाट एसिया क्षेत्रकै लागि लाभ हुने लेखमा उल्लेख छ ।

अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah