काठमाडौं/ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको हेमराज बिसी निर्देशित चलचित्र ‘घामड शेरे’को प्रदर्शन मिति २ साता पछि सारिएको छ।

यो चलचित्र अब कार्तिक २२ गतेबाट प्रदर्शनमा आउनेछ। चलचित्रको प्रदर्शन मिति पछि सार्नुको कारण हिन्दी चलचित्रको चेपुवामा पर्नु हो।

बुधबार चलचित्रको मल्टिप्लेक्समा अग्रिम टिकट बुकिङका लागि शोज खुलेको थियो।

तर, मल्टिप्लेक्सले ‘घामड शेरे’ अत्याधिक न्यून शो उपलब्ध गराएपछि चलचित्रको रिलिज मिति नै पछि सारिएको वितरक कम्पनी स्टेशन फाइभले जनाएको छ।

मल्टीप्लेक्स अन्तर्गल क्युएफएक्सले ‘घामड शेरे’लाई अल नेपाल ११ शोज प्रदान गरेको थियो। भने, हिन्दी ‘हाउसफुल ४’लाई ४४ शोज निर्धारण गरेको छ।

वितरक कम्पनी स्टेशन फाइभको आधिकारिक फेसबुक पेजमा लेखिएको छ, ‘चलचित्र ‘घामड शेरे’लाई लिएर हामीभित्र जुन उत्साह र अपेक्षा थियो त्यो उत्साह र अपेक्षासँग मेल नखाने शोज मात्र उपलब्ध हुँदा चलचित्रलाई दुई हप्ता पछि सार्ने निर्णय गरेका छौँ। हामीलाई विश्वास गर्नुहुने सम्पूर्ण दर्शकहरु, अहोरात्र खटिएका चलचित्रका कलाकार तथा प्राविधिकहरु र निर्माताहरुलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ।’

 

यता चलचित्रका अभिनेता निश्चल बस्नेतले फेसबुकमा आक्रोशपूर्ण स्टाटस समेत लेखेका छन्। आफ्नो अगाडि नेपाली चलचित्रको विकासका लागि काम गर्दछौं भनेर अब कुनै वितरक, हलवाला र केही चलचित्रकर्मीले नभन्न निश्चलले चेतावनी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah