काठमाडौँ / चर्चित र्यापर ‘भिटेन’ भनिने समिर घिसिङलाई उनको यूट्युब च्यानलबाट ‘हामी यस्तै त हो नी ब्रो’ गित प्रहरीले हटाउन लगाएको छ।
भिटेनले बिहीबार उक्त गित आफ्नो युट्युब च्यानलबाट हटाएका छन्। चार महिना अघि रिलिज भएको उक्त गित भिटेनको यूट्युब च्यानलबाट मात्र करिब दुई करोडपटक हेरिएको थियो। भिटेन त्यही गितमा प्रयोग भएका शब्दका कारण बिहीबार बिहान पक्राउ परेका हुन्।
यद्यपी प्रहरीले भने प्रहरीको बर्दी लगाएर खिचेको फोटो सामाजिक सन्जालमा राखेका कारण भिटेनलाई पक्राउ गरिएको जनाएको छ।



