इन्टरनेटलाइ थप ब्यवस्थित गर्न भन्दै बेलायती कम्पनी सिडिसी ग्रुपले वर्ल्ड लिंकमा १२ करोड अमेरिकी डलर लगानी गरेको छ । सिडिसीको यो नेपालमा पहिलो लगानी भएको जनाईएको छ । ईन्टरनेट सेवालाई थप विस्तार गर्न यो लगानी गरेको उल्लेख गरिएको छ ।
आफ्नो लगानीले वर्ल्ड लिंकलाई नेपालभर विस्तार गरी हज्जारौ घरहरु र साना उद्यमीहरुलाई इन्टरनेटको पहुँचमा पुर्याउन मद्धत गर्ने सिडीसीको दाबी छ । वर्ल्ड लिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट प्रदायक कम्पनी हो ।
यसैगरी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले गत वर्ष करीब ६ अर्ब रुपैयाँ आम्दानी गरेको छ । मुलुककै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले अन्तिम लेखा परीक्षण विवरणअनुसार वर्षभरीमा पाँच अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको हो ।
वर्ल्डलिंकसँगै अर्बको आम्दानी गर्नेमा तीन ओटा इन्टरनेट सेवा प्रदायक कम्पनी रहेका छन् । जसमा सुबिसु केबल नेट प्रालीले दुई अर्ब ६८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ भने तेश्रो स्थानमा रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटको आम्दानी एक अर्ब २६ करोड ९१ लाख रुपैयाँ छ ।




