बिष्णुप्रसाद पोखरेल
दमक/गणतन्त्र नेपालका उपप्रधान एवं स्थानीय बिकास मन्त्री कमल थापाले राजतन्त्र फर्काउन सकिने र फर्कन सक्ने बताएकाछन् । उनले संबिधानको आफै ब्याख्या गर्दै अपरिवर्तनिय केहि पनि नरहेको जनाउदै जनचाहाना अनुसार हटेको राजसस्था फर्काउने आन्दोलन अहिले पनि आफूहरु गरिरहेको जनाएकाछन् ।

झापाको दमकमा भएको जनसभालाइ सम्बोधन गर्दै राप्रपाका अध्यक्ष समेत रहेका थापाले भने–‘हामीलाइ यहाहरुको भोट दिनुहोस् जिताउनुहोस् हामी राजसंस्था फर्काउछौ, हिन्दु राज्य कायम गराउछौ ।’ गण्तन्त्र स्थपनापछि पटकपटक सरकारमा गइसकेका थापाले संघीयता पनि अपरिवर्तनिय नरहेको बताएकाछन् । उनले भने–‘जनताले संघियता मन पराएनन् भने यो पनि फेर्न सकिन्छ र यो पनि अपरिवर्तनिय होइन ।’

निर्वाचन आयोगले बिधानबाट यस बिषयमा उल्लेख भएको शब्दवलि हटाएको प्रति आक्रोश पनि थापाले पोखेकाछन् । निर्वाचन आयोगले अहिले तत्काल कार्यन्वयन नगरि यस बिषयलाइ धाति राख्ने बताएकाले आन्दोलन स्थगित गरेको बताउदै जनतामाझ गएर भएपनि यो बिषय आफूहरुले आफ्नो बिधानमा हालिछाड्ने उद्घोष गरे ।

उपप्रधानमन्त्री थापाले राज्यको ढिकुटीको बह्मलुट भइरहेको पनि बताए । आफै बारम्बार सरकारमा गएर महत्वपूर्ण मन्त्रालय चलाएका थापाले ठूला दलहरु निक्कै गाली गरे । उनले भने–‘सरकारमा गएर राष्ट्रिय ढिकुटीको बह्मलुट गर्ने काम ठूला राजनीतिक दलहरुले गरिरहेकाछन् ।’ आफू प्रतिपक्षि भएजसरी नै बोलेका थापाले भने–‘ठूलाका सिण्डिगेटका कारण हामीहरु सधै प्रताडित छौ ।’

उनीसंगै आएकी राप्रपाकी नेतृ कोमल ओलीले पनि उहि पाराले राजमूकुट फर्काइ छाड्ने बताइन् । उनले राप्रपाले जनताको अभिमत लिएर राजमूकुट फर्काउने जनाएकी हुन् । उनले भनिन् –‘हामी राजमूकुटलाइ फर्काउन सक्छौ, तपाइहरु हामीलाइ साथ दिनुहोस् ।’ निक्कै उत्तेजक भाषणा गरेकी ओलीले सनातन हिन्दुराज्य स्थापना र राजसंस्था अपरिहार्य भएको दाबी गरिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah