मधेसी मोर्चासँग भएको भनिएको सहमतिको लिखित दस्तावेज एमाले अध्यक्ष केपी शर्मा ओलीले मागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नाजवाफ बनेका छन् । घोषित स्थानीय चुनाव दुई चरणमा गर्ने र त्यसअघि संविधान संशोधन गर्ने मोर्चा र सरकारबीच सहमति भएको खवर सञ्चार माध्यममा ब्यापक रुपमा आएपछि आइतबार आफूलाई भेट्न आएका प्रधानमन्त्री दाहालसँग ओलीले सहमतिको लिखित दस्तावेज मागेका हुन् ।

शनिवार भएको भनिएको मोर्चा र सत्तारुढ दलबीचको सहमति केवल मौखिक मात्रै थियो । प्रधानमन्त्री दाहालले आफूहरुले चुनाव दुई चरणमा गर्न मधेसी मोर्चासँग सहमति जनाएको र संविधान संशोधन गरेपछि मोर्चा पनि चुनावमा सहभागि हुने ब्रिफिङ गरे । दाहालको भनाई धैर्यपूर्वक सुनेका ओलीले दुई चुनावको बीचमा सरकारले नीति कार्यक्रम र बजेट ल्याउने अनि सरकार परिवर्तन गर्ने कुराले निर्वाचन आचार संहिताको ठाडो उल्लंघन हुने र निर्वाचनका सर्वमान्य सिद्धान्त विपरित हुने दाहाललाई स्मरण गराएका थिए ।

‘निर्वाचन आचार संहिता अध्ययन गर्नु भएको होला, स्वतन्त्र र निश्पक्ष निर्वाचनको विश्वब्यापी मान्यता र आफ्नै परम्परा विपरित हुने गरी कसरी निर्वाचन गर्न सक्नुहुन्छ ? जेठ १५ गते बजेट ल्याउने र त्यसको १५ दिनपछि चुनाव गराउने भनेको के हो ?’ ओलीले दाहासँग सोधे । प्रधानमन्त्री दाहालले सहयोग गर्न आग्रह गरेपछि ओलीले कन्टेन्ट मागेका थिए ।

‘हामीसँग कुनै परामर्श नगरी सहमति गर्नु भयो, के सहमति गर्नु भयो अहिलेसम्म पनि हामीलाई थाहा छैन । अनि के आँखा चिम्लेर सहमति दिने हो ?’ ओलीले भने, ‘सहमतिको लिखित दस्तावेजमा विषयवस्तु हेरेर मात्रै धारणा दिन्छौं ।’

करिव १ घन्टा दाहालसँग बैठक गरेपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले घोषित चुनावलाई निर्वाचन आयोग र राजनीतिक दलसँगको परामर्शबिना दुई चरणमा बाँड्नु समाधान भन्दा जालझेल भएको वताए । ‘यो समाधानका लागि होइन, कसरी चुनाव टार्न सकिन्छ भन्ने जालझेल गर्न खोजिएको हो’ ओलीले भने, ‘नियत सही देखिएन ।’

प्रधानमन्त्री दाहालले भने बैठक सकारात्मक भएको र दुई चरणको निर्वाचनप्रति एमाले अध्यक्ष ओली नरम रहेको आफू निकटका सञ्चार माध्यम मार्फत बाहिर ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah