काठमाडौं । लोकतन्त्र  दिवसका दिन सरकारले अधिनायकवादी चरित्र देखाउँदै डीआइजी नवराज सिलवाललाई पक्राउ गरेको छ । आज बिहान बरिष्ठ अधिवक्ता शम्भु थापासँग कानुनी परामर्श लिइरहेको बेला उनलाई बालुवाटारबाट पक्राउ गरेको छ । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा मुद्दाका एक पक्ष सिलवाललाई पक्राउ गरी सरकारले सैनिक शासनको झल्को दिएको छ ।
कानुनी शासनको धज्जी उडाउँदै सिलवाललाई पक्राउ गरेर सरकारले अदालतको समेत अपहेलना गरेको छ । डीआइजी नवराज सिलवालले दायर गरेको रिटको पेशी बैशाख १९ गते तोकिएको छ । नेपाल प्रहरीमा ज्येष्ठता र कार्यसम्पादनका आधारमा आइजीपी बनाउनुपर्ने सिलवाललाई पक्राउ गरी सरकारले प्रतिशोध साँधेको छ ।
प्रहरी महानिरीक्षक प्रकाश अर्याल प्रतिशोधमा उत्रिएका छन् । सर्वोच्च अदालतमा बरियतामा दोस्रो स्वीकार गरी मुद्दा फिर्ता लिएका आइजीपी अर्यालले केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)का प्रमुख नवराज सिलवालमाथि प्रतिशोध साँधेका छन् ।
आइजीपी नियुक्तिको बारेमा सर्वोच्च अदालतले बैशाख १९ गते पेशी तोकेको छ । त्यसअघि नै सिलवाललाई फसाउन उनले अनेक प्रपन्च रचिरहेका थिए । ११ महिना कार्यकाल बाँकी रहेका आइजीपी अर्यालले सिलवालमाथि प्रतिशोध सँध्न जुन ढंगले अगाडि बढेका छन्, त्यसले प्रहरी संगठनकै मनोबल गिर्न पुगेको छ । सिलवाललाई पक्राउ गर्न उकास्नेमा महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठ र पूर्वआइजीपी उपेन्द्रकान्त अर्याल रहेको स्रोतले बताएको छ ।
नेपाल प्रहरीका एक पूर्वआइजीपीले भने, न्याय माग्न गएका सिलवाललाई पक्राउ गर्नु जंगली राज हो । कानुनी राजमा न्याय माग्न जानेलाई पक्राउ गरिंदैन । यो अदालतको ठाडो अपहेलना हो । अदालतमा कार्यसम्पादन मूल्यांकनको नम्बर कम भए पनि बढी देखाएर बढुवा गरिएका प्रकाश अर्यालले सिलवाललाई पक्राउ गरी पदमा टिक्न सकिने आत्मरतिमा पक्राउ गरेका हुन् । उपेन्द्रकान्त र प्रकाश अर्यालले सिलवाललाई लागूऔषध नै हालेर फसाउने योजना बनाएका थिए । तर दृष्टिले आइतबार उनीहरुको दुर्नियत पर्दाफास गरेकाले उनीहरु पछि हटी आज बिहान बयानका लागि भनेर पक्राउ गरेको स्रोतले बताएको छ ।
दृष्टिबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah