काठमाडौं/ आज साताको छैटौ दिन (शुक्रबार ) सुनको भाउ घटेको छ। आज सुन तोलामा ७ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ६९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ। बिहिबार चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।



